३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिता : पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा



बुटवल । बुटवलमा जारी प्रिती प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ मा ट्रिनेटि युवा क्लब, वालिङ फाईनलमा प्रवेश गरेको छ । एशियन थाई फुट प्रालिको (प्रिती) मुख्य प्रायोजक, बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा बिस पचहत्तर युवा क्लबको आयोजनामा विहिबार भएको दोस्रो सेमीफाईनल खेलमा एमएससी भारतलाई ४-० गोलले पराजित गर्दै ट्रिनेटि युवा क्लब, वालिङ विजयी हुदै उपाधि दाबेदारी पेश गरेको हो ।

ट्रिनेटि युवा क्लबले शनिबार उपाधिका लागि राईजिङ स्टार क्लब कपिलबस्तुसंग फाईनलमा खेल्नेछ । वर्षाका कारण प्रभावित सिद्घेश्वरी खेल मैदान खेल शुरु गर्न केहि ढिला भयो । ६० मिनेटमा छोट्याईएको खेलमा वालिङको जितमा पुर्णिया राईले ह्याट्रिक गरिन। खेलको १७ मिनेटमा ट्रिनेटि युवा क्लबका पुर्णिमा राईले खाता खोले ।

खेलको २८ औं मिनेटमा ट्रिनेटि युवा क्लबका सिमरन राईले डिबक्सबाहिरबाट गरेको प्रहार एमएससी भारतकी गोलकिपर नितुको हातबाट फर्किएको बललाई पुर्णिमा राईले गोलमा परिणत गरे। खेलको ५० औं मिनेटमा पुर्णिमा राईले आफनो ह्याट्रिक पुरा गरिन । खेलको ५८ औं मिनेटमा सिमरन राईले गोल थप्दै अन्तरलाई बढाए ।

खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेकी वालिङकी पुर्णिमा राई प्लेयर अफ दी म्याचबाट पुरस्कृत भईन । उपाधिका लागि फाईनल खेल शनिबार हुने संयोजक बुद्घि बहादुर दर्जीले बताए ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहिबार  ७ : २२ बजे

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ । चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा