१४ चैत्र २०८२, शनिबार | March 28, 2026

एमालेको आज बुटवलमा जागरणसभा, प्रधानमन्त्री ओलीसहित शिर्ष नेताले सम्बोधन गर्दै



बुटवल । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटवल आउँदै छन् । नेकपा एमालेले आयोजना गरेको जागणसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली बुटवल आउने भएका हुन् । राजावादीहरूलाई खबरदारी गर्न भन्दै सत्तारुढ एमालेले बुटवलमा शक्ति प्रदर्शन गर्न लागेको हो ।

देशभरका ६ स्थानमा गरिने जागरण सभा अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय यो सभाका लागि बुटवललाई छानिएको हो । देशको वर्तमान अवस्था जानकारी गराउने उद्देश्यसहित नेकपा एमालेले शुक्रबार बुटवलमा लुम्बिनी प्रदेशस्तरीय जागरण सभा गर्ने र आफ्नो धारणा जनता र कार्यकर्तालाई जानकारी दिने जनाएको छ । एमालेले चैत २४ देखि ३० गतेसम्म गणतन्त्रको पक्षमा देशका विभिन्न ७ सहरमा गर्ने सभा अन्तर्गत बुटवलमा पनि सभा गर्न लागिएको हो । रामनगरस्थित बुटवल मण्डपमा हुने सभालाई सम्बोधान गर्न एमालेका शिर्ष नेताहरु आउँदै छन् ।

नेकपा एमाले प्रचार विभाग रुपन्देहीले बिहीबार पत्रकार सम्मेलन गरी सभाको तयारी पूरा भएको जानकारी दिएको छ । एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले प्रतिगामी गतिविधिका विरुद्ध जनतालाई सचेत पार्दै लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने यो कार्यक्रमको मुख्य उद्देश्य भएको बताइन् । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै गणतन्त्रको पक्षमा राष्ट्रिय जागरण अभियान चलाइएको र यो प्रदेशमा बुटवलमा गर्न लागिएको उनको भनाइ थियो ।

‘सरकारमा भएको पार्टीले किन सभा गरेको भनेर पनि प्रश्न उठेका छन्, पार्टी सरकारमा भएपनि व्यवस्थाविरुद्ध भएका गलत प्रचारलाई आम नागरिकलाई बुझाउन यो जरुरी छ’ उनले भनिन् ‘काम गर्दा केही कमजोरी भएका पक्कै हुन सक्छन्, त्यसलाई सच्चाउने हो, यो व्यवस्था त्यसै आएको होइन, यसको रक्षा गर्ने सबैको दायित्व हो, गलत प्रचार गर्नेलाई वास्तविकता बताउन र भ्रम चिर्ने मुख्य उद्देश्य हो ।’

सचिव अर्यालले अहिले पनि हामीले चाहेजसरी काम गर्न नसकेको, नागरिकका सबै अपेक्षा पूरा गर्न नसकेको सत्य भएको बताउँदै त्यो सुधारसहितका विषयमा प्रस्ट कुराहरू पार्टीले राखिरहँदा पनि केही समूहले अनर्गल प्रचार गरेको बताइन् । एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले यो सभा एमालेको मात्र नभएर सबै गणतन्त्र पक्षधरको भएको जनाए । गैरेले भने, ‘आयोजक एमाले भए पनि गणतन्त्र पक्षधर शक्तिको कार्यक्रम हो यो । सभामा हजारौँ नागरिक सहभागी हुनेछन् । यसले सन्देश दिने हो ।’

सभापूर्व बुटवलबाट भैरहवासम्म ५ हजार मोटरसाइकल र ५०० सय गाडीसहितको र्याली निकालिने, त्यसपछि पूर्वमा मुटुअस्पताल, दक्षिणमा कालिकाचोक, उत्तर र पश्चिमबाट जम्मा भएको टोली अस्पताल लाइन जम्मा भएर रामनगरस्थित कार्यक्रम स्थलमा जाने गैरेले जानकारी दिए ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ७ : ५४ बजे

एमाले महासचिवको चेतावनी – प्रतिशोधको मूल्य धेरै महंगो पर्नेछ

काठमाडौं । अध्यक्ष केपी ओली पक्राउ परेपछि नेकपा एमालेका महासचिव

राजनीतिक प्रतिशोधविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्छु : रमेश लेखक

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले आफूलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहका

दाउन्नेको घ्यूखोलाबाट बस र ट्रक खोलामा खस्दा ३ जनाको मृत्यु, १५ घाइते

बुटवल । दाउन्ने क्षेत्रमा भीषण सवारी दुर्घटना हुँदा तीन जनाको

ओली-लेखक पक्राउप्रति कमल थापाको आपत्ति : ‘सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्यो’

काठमाडौं । राष्ट्रिय प्रजातान्त्र पार्टीका नेता कमल थापाले पूर्वप्रधानमन्त्री केपी

ओली पक्राउपछि एमालेको आकस्मिक सचिवालय बैठक आह्वान

काठमाडौं । बालेन्द्र सरकारले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ परेपछि