८ चैत्र २०८२, आइतबार | March 22, 2026

नवाबहरुको शहर नेपालगन्जलाई लक्षित गर्दै पौवाले ल्यायो ‘नवाबी भेज कवाब’



नेपालगन्ज । नयाँ मुलुकको चर्चित शहरकारुपमा इतिहास बोकेको नेपालगन्जलाई चिनाउने धेरै नामहरु छन् । सायरहरुको शहर, नवाबहरुको शहर, उद्योगीहरुको शहर, बनियाहरुको शहर आदी नामले पनि नेपालगन्जलाई चिनाउन सकिन्छ । भारतका नवाबहरुको शहर लखनउकै नक्कल गर्दै जङ्गबहादुरले बस्ती बसालेर बनाएको शहर भएकाले नेपालगन्जले नवाबहरुको शहरकारुपमा पनि परिचय बनाएको छ ।

विश्व प्रसिद्ध शौखीन नवाबहरु खान लाउन र रमाइलो गर्नमा अब्बल रहेको इतिहासमा पढ्न पाइन्छ । नवावी पहिरन, नवाबी खाना, नवाबी आराम अहिलेपनि समाजमा उदाहरण दिँदा लिने पर्याय नै बन्ने गरेको छ । नवाबहरुको परिकारलाई प्रतिनिधित्व गर्दै नेपालगन्जमा संचालनको तयारीमा रहेको होटल पौवाले आफ्नो मेनुमा नवाबी भेज कवाब सार्वजनिक गरेको छ । होटल पौवाको १८ वटा शाखामा जारी स्वाद उत्सवका सन्दर्भमा नेपालगन्ज शाखाले नयाँ परिकारकारुपमा नवाबी कवाब मेनुमा समावेश गरेको हो ।

नवाबहरुको शहरकारुपमा चिनिएको नेपालगन्जका ग्राहकहरुलाई लक्षित गर्दै नवाबी भेज कवाबको परिकार तयार गरिएको होटल पौवाका कर्पोरेट सेफ एवं संचालक देव न्यौपानेले बताए । सुद्ध साकाहारी रेसिपी प्रयोग भएको नवाबी भेज कवाबमा पौवामा नै तयार गरिएको मसाला र साकाहारी कृषि उपज प्रयोग गरिएको न्यौपाने बताए ।

स्वाद उत्सवमा चौथो दिन सहभागी हुन आएका नेपालगन्जका कम्प्युटर व्यवसायी शिशिर श्रेष्ठले नेपालगन्जका लागि तयार गरिएको नवाबी कवाव उत्कृष्ट परिकार रहेको बताए । उनले मरौटी चिकेन र नवाबी भेज कवाबले नेपालगन्जमा बजार लिन सक्ने आँकलन गरे ।

पौवाबाटै बजारमा स्वाद पस्किएको मरौटी चिकेन र नवावी कवाब तराई पहाड सबै भेगका ग्राहकका लागि मनपर्ने स्वाद बन्न सक्ने पौवा नेपालगन्जका प्रबन्धक गिरीराज पाण्डेले बताए । स्वाद उत्सवको चौथो दिन पौवाले नवाबी भेज कवावसँगै चिकेन साँधेको र पाल्पाको प्रसिद्ध परिकार चुकौनीको स्वाद ग्राहकहरुलाई चखाएको थियो ।

देशभरका १८ वटा शाखाबाट ३ लाख ग्राहकलाई नि-शुल्क पौवाको स्वाद चखाउने लक्ष्यका साथ गत २५ गतेबाट सुरु भएको स्वाद उत्सव आज सकिँदैछ । पौवाले नेपाली नयाँवर्षको अवसरमा आफ्नो ५ वटा शाखामा न्यु इयर इभ गर्ने भएको छ । नवलपुरको हर्कपुर शाखा, रुपन्देहीको भैरहवा र बुटवल शाखा तथा दाङको भालुवाङ र घोराहीमा न्यु इयर इभ आयोजना गरिएको पौवाका ब्राण्ड प्रमुख विष्णु भण्डारीले बताए ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  १२ : ४८ बजे

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा

आजको मौसम : कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक