९ बैशाख २०८३, बुधबार | April 22, 2026

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह



नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको हत्याका सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गरेको छ । शाखा अध्यक्ष नवीन गिरी नेतृत्वको टोलीले आज राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज शाखामार्फत आयोगलाई महासंघका माग पूरा गराउन सरकारको ध्यानाकर्षण गर्नुका साथै घटनाको निष्पक्ष र स्वतन्त्र छानविनका लागि आग्रह गरेको हो ।

यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता हनन हुने गरी सञ्चार गृह र सञ्चारकर्मीमाथि आक्रमण भएको र पत्रकार रजकलाई आगोमा जलाएर हत्या गरिएको घटनाका सन्दर्भमा नेपाल पत्रकार महासंघले निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषीमाथि कारबाही, मृतक पत्रकार तथा क्षति पुगेका सञ्चार गृहलाई क्षतिपूर्ति, घाइते पत्रकारको निःशुल्क उपचार, सञ्चार गृह र सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूति तथा विगतदेखि नै प्रेस स्वतन्त्रता हननमा संलग्न रहेकाहरुलाई कानुनी कारबाहीको माग गर्दै केन्द्रमा गृहमन्त्री, प्रदेशमा मुख्यमन्त्री र जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई चैत १८ गते सात दिने अल्टिमेटम दिई ध्यानाकर्षणपत्र बुझाएको थियो ।

सरकारले चासो र गम्भीरता नदेखाएपछि महासंघ आफ्ना माग पूरा गराउन निरन्तर आन्दोलनमा छ । अध्यक्ष गिरीले घटनाको निष्पक्ष छानविन भई दोषीमाथि कारबाही नहुँदासम्म आन्दोलन जारी रहने बताए । उनले प्रेसमाथिको आक्रमण सह्य नहुने बताउँदै महासंघ केन्द्रको सर्कुलर अनुसार बाँके शाखाले पनि आन्दोलन जारी राखेको बताए ।

ज्ञापनपत्र बुझ्दै राष्ट्रिय मानव अधिकार आयोग नेपालगजकी कार्यालय प्रमुख द्वारिका अधिकारी अधिकारीले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता हननको घटना आयोगको पनि चासोका विषय भएको भन्दै महासंघ बाँकेले पेश गरेको ज्ञापनपत्र आयोगमा पठाइने बताक्ष्न् ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ९ : २४ बजे

सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने

मोरङ । नेपाली कांग्रेसका सभापति गगन थापाले १५ औँ महाधिवेशन

बुटवलमा असुरक्षित गर्भपतन प्रकरण : थप २ जना चिकित्सक पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराएको आरोप लागेका २ जना

पश्चिम नवलपरासीमा आगलागी हुँदा बाह्र घर जले

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर-५ भैरमपुरका १२ घर जलेका छन्

सुदन किराँतीद्वारा प्रलोपा परित्याग

काठमाडौं । सुदन किराँती ले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) परित्याग

विश्व मातृ पृथ्वी दिवस : दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

काठमाडौं । दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज