२० मंसिर २०८२, शनिबार | December 6, 2025

आईपीएलमा धोनीको चेन्नइको पाँचौं हार, कलकता ८ विकेटले विजयी



काठमाडौं । महेन्द्र सिंह धोनी ६८३ दिनपछि कप्तानमा फर्किएको भए पनि चेन्नई सुपर किंग्सको भाग्यमा कुनै बदलाव ल्याउन सकेनन् । यस सिजनमा यसअघि नै लगातार ४ खेल हारेको चेन्नईले अब पाँचौ पटक हार बेहोरेको छ ।

चेन्नई आफ्नो घरेलु मैदान चेपौक स्टेडियममा वर्तमान च्याम्पियन कोलकाता नाइट राइडर्ससँग ८ विकेटले लज्जास्पद हार बेहोरेको हो । यस खेलमा धोनी सहित चेन्नईको सम्पूर्ण ब्याटिङ युनिटले यो सिजनको सबैभन्दा खराब प्रदर्शन गर्दै १०३ रन मात्र बनाउन सकेको थियो । केकेआरले यो लक्ष्य १० ओभरमा पूरा गर्दै तेस्रो जित दर्ता गर्‍यो ।

चेन्नई फ्यानहरू आशावादी थिए कि शुक्रबार अप्रिल ११  बाट उनीहरूको टोलीले केही नयाँ परिवर्तन गर्नेछ र यो टिम अब विजयीको बाटोमा फर्कनेछ । यसको को कारण थियो कमाण्ड फिर्ता धोनीको हातमा आएको थियो, जसले विगत १७ वर्षमा धेरै पटक टोलीका लागि यस्तो जादु देखाएका थिए । तर यस्तो देखिन्छ कि ४३ वर्षको उमेरमा अब धोनीसँग टोलीको अवस्था बदल्ने जादू बाँकी नै छैन ।

यस सिजनको सुरुवातदेखि नै चेन्नईको ब्याटिङ लगातार संघर्षरत देखिएको थियो, जसमा टोलीले रन पछ्याउँदा निकै समस्याको सामना गर्नुपरेको थियो । यसपटक चेन्नईले पहिले ब्याटिङ गर्ने मौका पाएको थियो तर कथा परिवर्तन भएन र पूरा टोलीले २० ओभरमा ९ विकेट गुमाएर १०३ रन मात्र बनाउन सक्यो ।

चेन्नईको अवस्था झनै नाजुक थियो र ९ विकेट ७९ रनमा मात्रै खसेको थियो तर अन्तमा शिवम दुबेले केही ठूला शट लिएर टोलीलाई १०० भन्दा माथि पुर्याएका थिए । उनी बाहेक विजय शंकरले २९ रन बनाए । यद्यपि, यो चेपौकमा चेन्नईको सबैभन्दा सानो स्कोर साबित भयो ।

तर, कोलकाताका स्पिन ट्रायोले ९ मध्ये ६ विकेट लिए, जसमा सुनिल नारायणले ३, वरुण चक्रवर्तीले २ र मोइन अलीले १ विकेट लिएका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ७ : ५८ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय