५ बैशाख २०८३, शनिबार | April 19, 2026

मिश्र र राणालाई रिहाई नगरे आन्दोलन : पशुपतिशम्सेर



काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशम्सेर राणाले पार्टीका आफना नेताहरुको रिहाईको माग गरेका छन् । पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री  धवलशम्सेर राणालाई रिहाई नगरे आन्दोलनमा जाने चेतावनीसमेत उनले दिए ।

पूर्वअध्यक्ष राणाको निवास पुगेको टोलीसमक्ष शुक्रबार उनले प्रजातन्त्र र मानव अधिकारको मान्यता विपरीत थुनामा राखेर सरकारले ठूलो अन्याय गरेको बताए ।

‘अभिव्यक्ति स्वतन्त्रता सबै नागरिकको नैसर्गिक अधिकार हो, उनले भने, प्रजातन्त्रमा विचार स्वतन्त्रता हुन्छ, फरक मत राख्न पाइन्छ । यही हक अधिकार प्रयोग गर्दा पार्टीका नेताद्वय रवीन्द्र मिश्र र धवल शम्सेरलाई थुनामा राखेर सरकारले ठूलो अन्याय गरेको छ,’ पूर्वअध्यक्ष राणाले भने ।

हिरासतमा रहेका उपाध्यक्ष मिश्र, महामन्त्री राणा लगायतका राष्ट्रवादी योद्धाका रिहाइका लागि पार्टीले सडकमा दवाबमूलक कार्यक्रम गर्नुपर्दछ, पूर्वअध्यक्ष राणाले केन्द्रीय पदाधिकारी सहितको प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै भने ।
चैत्र १६ गते बसेको राप्रपाको कार्यसम्पादन समितिको वैठकले सरकारले दुई नेतालाई चौबीस घण्टाभित्र रिहा गर्नुपर्ने, रिहा नगरे राप्रपा आन्दोलनमा उत्रने निर्णय गरेको थियो ।

पार्टीको निर्णय बमोजिम झुटा मुद्दामा फसाइएका नेताहरुको रिहाइका लागि राप्रपाले देशव्यापी सडक प्रदर्शन गर्नुपर्ने, सबै राष्ट्रवादी शक्तिहरुसँग एकजुट भएर संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य पुनस्र्थापनाका लागि निर्णायक आन्दोलन गर्नुपर्ने विचार प्रतिनिधिमण्डलमा सहभागी नेताहरुले व्यक्त गरे ।

नेता राणाको निवासमा उपस्थित राप्रपाका नेता, कार्यकताहरुले राप्रपा राष्ट्रिय झण्डा बोकेर आन्दोलनमा होमिनुपर्ने बताएका थिए ।

पूर्वअध्यक्ष राणाको निवास पुगेको टोलीकोतर्फबाट महामन्त्री कुन्ती शाही, बागमती प्रदेश प्रमुख विक्रम थापा, प्रवक्ता सगुनसुन्दर लावती, कार्यसम्पादन समिति सदस्य कर्णबहादुर शाही, सहमहामन्त्री रवीन्द्र प्रताप शाह, वरिष्ठ केन्द्रीय सदस्यहरु जगत गौचन र राजाराम श्रेष्ठ, काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडा, युवा नेता राजु लोहनीले आन्दोलन समयको माग भएको, देश अब आन्दोलन र परिवर्तनबाट पछि फर्कन नसक्ने भन्दै राप्रपा निर्णायक रुपमा आन्दोलनको बिगुल फुकेर अघि बढ्नुपर्ने बताए ।

प्रतिनिधिमण्डलमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरु, सांसदहरु, जनवर्गीय संगठनका पदाधिकारी सदस्यहरु, काठमाडौं उपत्यका भित्रका जिल्ला नेतृत्व तह समावेश थिए ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  १२ : १२ बजे

खोटाङ र उदयपुरमा भारी वर्षा, नेपालगन्जमा देशमै बढी गर्मी

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा

गोप्य मोबाइलको हल्ला निराधार, छुट्टै फोन र सिमको आवश्यकता छैन : सरकार

काठमाडौँ । सरकारले मन्त्रीहरूका लागि गोप्य मोबाइल फोन र नम्बर

नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा, लखनउको जेविएमसंग उपाधि भिडन्त हुने

खजुरा । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको

जेनजी आन्दोलनमा फरार नख्खु कारागारका कैदी सानेपाबाट पक्राउ

ललितपुर । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीबन्दीलाई

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको