६ श्रावण २०८३, बुधबार | July 23, 2026

माछा मार्न गएकी दिक्षिकाको राप्ती नदीमा डुबेर मृत्यु



नेपालगन्ज । बाँकेको राप्ती नदीमा डुबेर माछा मार्न गएकी एक युवतीको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका(३ स्थित सिनावासस्थित राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर आज स्थानीय १८ वर्षीय दिक्षिका चौधरीको मृत्यु भएको हो ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष मीनकुमार चौधरीका अनुसार गाउँकै अन्य महिलाहरुसँग राप्ती नदीमा माछा मार्ने क्रममा दिक्षिकाको नदीमा डुबेर मृत्यु भएको हो । दिक्षिकासँगै माछा मार्न गएका ११ जना महिलाहरुको भने उद्दार गरिएको वडाअध्यक्ष चौधरीले बताए ।

दिक्षिकाको शवलाई नदीबाट १ घन्टापछि स्थानीय र प्रहरीको सहयोगमा निकालिएको थियो । मृतक दिक्षिकाको शवलाई पोष्टमार्टमको लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ९ : ३५ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क