५ पुस २०८२, शनिबार | December 20, 2025

मधेस प्रदेशसभाको अधिवेसन अन्त्य



जनकपुर। मधेस प्रदेशसभाको चौथो अधिवेशन आज राती १२ बजेदेखि लागु हुने गरी अन्त्य हुने भएको छ ।

शनिबार बसेको मधेस प्रदेश सरकारको मन्त्रिपरिषदको सिफारिस अनुसार मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले चालु अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् ।

प्रदेश प्रमुखको कार्यालयका कानुन अधिकृत सुरेन्द्र महतोले एक विज्ञप्ति जारी गर्दै मन्त्रीपरिषदबाट चौथो अधिवेशन अन्त्य गर्ने सिफारिस भई आए बमोजिम नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम आइतवार राति १२ बजेबाट लागू हुनेगरी अधिवेशन अन्त्य गरिएको जनाएका हुन् ।

पुस २३ गतेदेखि चैत २८ गतेसम्म चलेको चौथो अधिवेशनमा २३ वटा बैठक बसेको थियो भने यस अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।

 

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ११ : ४७ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने