३ पुस २०८२, बिहिबार | December 18, 2025

लक्की चौधरीको अध्यक्षतामा ४९ सदस्सीय कार्यसमिति निर्वाचित गर्दै फोनिजको अधिवेशन सम्पन्न



बुटवल । रुपन्देहीमा जारी नेपाल आदिवासी जनजाति पत्रकार संघ (फ‍ोनिज) को अधिवेशन अध्यक्षमा लक्की चौधरी सहित ४९ सदस्सीय कार्यसमिति निर्वाचित गर्दै सम्पन्न भएको छ । अध्यक्ष चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

लुम्बिनीमा सम्पन्न संघीय अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सरु राना र महिला उपाध्यक्षमा अन्जना सिल्पकार, महासचिवमा समिर बलामी र अल्पसंख्यक सचिवमा लिला दरई पनि सर्वसम्मत चयन भएका छन् ।

उता, खुला उपाध्यक्षमा विश्वराज तामाङ, कोषाध्यक्षमा अर्जुन तामाङ र तीन सचिवमा मिलन गाहा, एमबी मगर र सन्दिप श्रेष्ठ, महिला सचिवमा माया पालुङ भने निर्वाचनमार्फत चुनिएका छन् । सचिवमा ८ जनाको प्रतिस्पर्धा भएको थियो ।

अधिवेशनले १५ जना पदाधिकारीसहित ४९ सदस्यीय कार्यसमितिको चयन गरेको फोनिजले जनाएको छ । गत चैत २९ गते उदघाटन भएको सो महाधिवेसन नयाँ नेतृत्व चयनसँग सम्पन्न भएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  १२ : ४७ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन