१२ श्रावण २०८१, शनिबार | July 27, 2024

पत्रकार महासंघको पुस्तक सार्वजनिक कार्यक्रम फोनिजबाट बिथोलियो



काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखाले निकालेको पुस्तक सार्वजनिक कार्यक्रम बिथोलिएको छ । पुस्तकमा गलत इतिहास कायम गर्न खोजिएको भन्दै आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले कार्यक्रम बिथोलेको हो ।

पुस्तकमा महासंघ संस्थापक सत्यनारायण बहादुर श्रेष्ठ हुनुपर्नेमा कृष्णप्रसाद भट्टराईको नाम उल्लेख गरिएको भन्दै आपत्ति जनाउँदै आदिवासी जनजाति पत्रकार संघ (फोनिज)का नेताहरुले सार्वजनिक गर्न तयार पारिएको पुस्तक नियन्त्रणमा लिएर कार्यक्रम बिथोलेका हुन् । फोनिज अध्यक्ष गजुर्धन राई, महासचिव मिलन लिम्बु लगायतले मञ्चमै पुगेर सार्वजनिक गर्न तयार पारिएको पुस्तक नियन्त्रणमा लिएका थिए ।

उनीहरुले पुस्तक सार्वजनिक नगर्न आग्रह गर्दागर्दै पनि पत्रकार महासंघले बलमिच्याइँ गरेको आरोप लगाए । नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममै फोनिजका नेताहरुले पुस्तक बजारमा गए जलाउने चेतावनी समेत दिए ।

सार्वजनिक पुस्तक नै च्यातेर फोनिजले आपत्ति महसंघको कदमको बिरोध जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ४ : ३१ बजे

चीनले नेपाललगायत विकासोन्मुख राष्ट्रलाई थप लाभ बाँड्ने छ : राजदूत सोङ

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छेन सोङले चीनले अल्पविकसित

नेवाः पुच बाँकेले नेपालगन्जमा गाईजात्रा मनाउने

नेपालगन्ज । बाँकेका नेवाः समुदायले यस वर्षपनि गाईजात्रा (सापारु) पर्व

चार दिनदेखि कालीगण्डकी करिडोर बन्द

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ

जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक

काठमाडौँ-तराई द्रूतमार्ग : जग्गा अधिग्रहणको प्रतीक्षामा सेना

काठमाडौँ । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराईरमधेस द्रूतमार्ग (फास्ट