१९ पुस २०८२, शनिबार | January 3, 2026

ढोरपाटन-गुर्जा पदमार्गमा काठे पुल निर्माण



म्याग्दी । ढोरपाटन सिकार आरक्षको गुर्जाघाट र म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने पदमार्गमा पर्ने हुचिनखोलामा काठको पुल निर्माण भएको छ ।

धवलागिरि गाउँपालिकाको रु पाँच लाख अनुदान र उपभोक्ताको रु ६० हजार बराबरको श्रमदानमा ३२ मिटर लामो पुल र दुई सय मिटर पुलसम्म पुग्ने पदमार्ग निर्माण भएको हो । पुल निर्माणपछि गुर्जाका बासिन्दा र ढोरपाटन-गुर्जा पदमार्गमा यात्रा गर्ने पर्यटकलाई बर्खायाममा जोखिम मोलेर खोला तर्नुपर्ने समस्या हटेको धवलागिरि-१ गुर्जाका वडासदस्य गुनराम छन्त्यालले जानकारी दिए ।

“रुघाचौरबाट आउने र हुचिनखोलाको दोभानमा बर्खामा आकस्मिक रूपमा बाढी आउने गर्छ । पुल नहुँदा खोला तर्ने क्रममा बाढीले बगाउने जोखिम थियो”, उनले भने, “गाउँमा भएको पुराना पुलको लठ्ठा झिकेर राखिएको थियो । सोही लठ्ठा तानेर काठको फल्याक बिछ्याएर स्थानीय प्रविधिबाट पुल बनाइएको हो ।”

हुचिनखोला हुँदै ढोरपाटन सिकार आरक्षको गुर्जाघाट जोड्ने पदमार्ग छ । पर्यटकका साथै स्थानीयवासीले पशुलाई गोठ लैजान, जङ्गलमा च्याउ, टुसा, जडीबुटी सङ्कलन गर्न जानका लागि हुचिनखोला तर्नुपर्छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ८ : २५ बजे

‘वर्ड क्याम्प नेपाल २०२६’ बुटवलमा हुँदै

बुटवल । मोफसलमा वर्डप्रेससम्बन्धी ज्ञान, सीप र अवसरहरू विस्तार गर्ने

मुस्ताङ र मनाङमा एकैसाथ हिउँचितुवाको सर्वेक्षण

मुस्ताङ । मुस्ताङ र मनाङमा एकैसाथ दुलर्भ हिउँचितुवाको सङ्ख्या पत्ता

देश निर्वाचनमा केन्द्रित भयो : प्रचण्ड

सङ्खुवासभा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

जाडोमा हिटर तथा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौं । जाडोयाम सुरु भइसकेको छ । तराईमा शीतलहरका कारण

ट्रम्पको घोषणा – भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो श्रीमतीसहित पक्राउ

बासिङ्गटन डीसी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार