१२ बैशाख २०८२, शुक्रबार | April 25, 2025

भैरहवा र पोखराबाट उडान गर्न कतार एयरवेजलाई नेपालको आग्रह



काठमाडौँ । कतार एयरवेजले नेपालमा उडान सङ्ख्या बढाउन चासो देखाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी र कतार नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष मोहमद विन फहेल अल हजारीबीच भएको भेटवार्ताको क्रममा कतारले नेपालमा उडान बढाउने सकारात्मक प्रतिक्रिया जनाएको हो । उनीहरूबीच कतारमा अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) फ्यासिलिटेसन कन्फ्रेन्सका क्रममा आज भेटवार्ता भएको हो ।

क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार महानिर्देशक प्रदीप अधिकारीले भैरहवा र पोखराबाट उडान गर्न आग्रह गरेका थिए । जवाफमा कतारको सिभिल एभिएसनका अध्यक्षले दुवै विमानस्थलको प्राविधिक पक्ष र बजारको अययन गरेर निर्णय लिने प्रतिक्रिया दिएको थियो । कतारले काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा साविक बमोजिम उडान गर्नेगरी नेपालसँग प्रस्ताव राखेको छ । कतारले काठमाडौँमा दैनिक चारसहित साताको २८ उडान गर्दै आएको छ । यसबीचमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतको क्रममा एक उडान भैरहवाबाट गर्ने व्यवस्था मिलाइएको थियो । नेपालकोतर्फबाट भैरहवा र पोखरामा उडान गर्न आग्रह गरिएको थियो ।

त्यसको लागि सहकार्य गरेर नयाँ विमानस्थलको प्राविधिक र बजारको अध्ययन गरेर निर्णय लिने जतारले प्रतिक्रिया दिएको छ । कतारी पक्षले काठमाडौँ विमानस्थलमा साताको २८ उडानको अपेक्षा गरेको थियो । नेपालले भैरहवा र पोखरा विमानस्थलमा उडान गर्नेगरी शर्त राखेको थियो । दुवै विषयमा छिट्टै निर्णयमा पुगिन क्यानले उल्लेख गरेको छ । “भैरहवा र पोखराबाट कतार एयरवेजको उडान गर्नका लागि सहजीकरण गरिदिन त्यहाँको नागरिक उड्डयन प्राधिकरणलाई आग्रह गरिएको छ”, सूचना अधिकारी भुलले भने ।

सो अवसरमा कतारले आइकाओ काउन्सि परिषद्को निर्वाचनमा सहयोग गर्न आग्रह गरेको थियो । नेपालले सहयोग गर्ने बचन दिँदै भैरहवा र पोखराबाट उडान गर्नुपर्ने शर्त राखेको थियो । आइकाओ आवद्ध एकसय ९३ देशहरुमध्ये ३६ देशको काउन्सिल परिषद् हुन्छ । तीन समूहमा १२–१२ देश रहन्छन् । कतार सन् २०२२ मा तीन वर्षका लागि निर्वाचित भएको थियो ।

सन् २०२६ मा हुने काउन्सिल निर्वाचनका लागि कतारले नेपाललाई सहयोग मागेको छ । प्राधिकरणले भैरहवा र पोखराबाट उडान गर्नुपर्छ उनीहरूबीच पारस्परिक हित र सम्बन्ध सुमधुर बनाउन फलदायी छलफल भएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त बैठकमा कतारले कतार एयरवेजको टिआइएएमा हप्तामा २८ उडानको अनुमति पुनः गर्ने र आगामी आइकाओको काउन्सिलेको निर्वाचनमा कतारको सदस्यताका लागि नेपालको समर्थनमा केन्द्रित भएको थियो ।

क्यानले कतार एयरवेद्धार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन गर्न नेपाली वायुसेवा कम्पनीसँग घरेलु कोड साझेदारी व्यवस्थामा सहयोग गर्ने आश्वासन दिएको थियो । हवाई उद्योगको हितका लागि आपसी चासोको समाधान गर्न छिट्टै संयुक्त प्राविधिक टोली गठन गर्ने समझदारीसहित बैठक सम्पन्न भएको क्यानले जनाएको छ ।

भैरहवा अन्तरराष्ट्रिय विमानस्थलमा करिब आधा दर्जन एयरलाइन्सले उडान गर्दै आएकामा समर सिजन अप्रिल १ अर्थात् चैत १९ देखि सुरु भएको समर सिजनमा कुनै पनि अन्तरराष्ट्रिय वायुसेवा कम्पनीले भैरहवा उडानको ‘सेड्युल’ पेस नगरेपछि तत्काललाई अन्तरराष्ट्रिय उडान स्थगित भएको विमानस्थल कार्यालयले जनाएको छ । उक्त विमानस्थलमा ३० मार्चसम्म अन्तरराष्ट्रिय उडान भएको थियो ।

भैरहवामा जजीरा एयरवेज, थाई एयर एसिया र फ्लाई दुबईले नियमित उडान गर्दै आइरहेका थिए । नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा–दुबई उडान गरे पनि भैरहवामा ‘टच डाउन’ मात्र गर्ने गरेको छ । कतार एयरवेजले केही समय उडान गरेर पुसमै सेवा बन्द गरेको थियो । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले नियमित व्यावसायिक उडान र सिचुवान एयरलाइन्सले नियमित चार्टर्ड उडान गरिरहेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १० : ३४ बजे

पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन

भैरहवा । भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलामा

एपिएफ क्लव बन्यो लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको च्याम्पियन

नेपालगन्ज । विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लबलाई १–० ले पराजित

माछापुच्छ्रे बैंक र कुवेत स्थित अलमुजैनी एक्सचेन्जबीच रेमिट्यान्स सेवा सम्झौता

काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास बित्त : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास

प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गर्न माओवादीको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले