१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

सात अङ्कले बढ्यो नेप्से परिसूचक



काठमा । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक सात दशमलव शून्य एक अङ्कले बढेर दुई हजार छ सय ९६ दशमलव २३ को विन्दुमा कायम भएको छ ।

आज तीन सय २९ कम्पनीको एक करोड ६६ लाख ११ हजार पाँच सय ३२ कित्ता सेयर ६४ हजार तीन सय ६० पटक खरिदबिक्री हुँदा रू सात अर्ब २६ करोड ५१ लाख २२ हजार दुई सय ४१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

वित्त समूहको उपसूचक शून्य दशमलव ६७, होटल तथा पर्यटन समूह शून्य दशमलव १६, लगानी शून्य दशमलव ३५, उत्पादन तथा प्रशोधन शून्य दशमलव १६, लघुवित्त शून्य दशमलव शून्य छ र अन्य समूहको उपसूचक एक दशमलव शून्य सात प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा बढी जलविद्युत् समूह एक दशमलव ६३ र विकास बैंक समूह एक दशमलव ११ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ३९, जीवन बिमा शून्य दशमलव शून्य पाँच, म्युचुअल फण्ड शून्य दशमलव ३६, निर्जीवन बिमा शून्य दशमलव ५५ र व्यापार समूह शून्य दशमलव ११ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र बलेफी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी छ दशमलव ८१ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको रू ५९ करोड ४१ लाख ५३ हजार नौ सय ६० बराबरको १९ लाख ५० हजार आठ सय छ कित्ता सेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ३ : ५५ बजे

विशेषको आदेश सर्वोच्चबाट बदर, विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

मनसुनी विपद् : खोज/उद्धारमा एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौँ । नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य

निजी क्षेत्रलाई राज्यको प्रमुख आर्थिक साझेदारका रूपमा संवैधानिक मान्यता दिन माग

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन

रास्वपा छोडेकी ममता शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी नेपाली कांग्रेस

एन आई सी एशिया बैंकले गर्यो विद्यालयलाई सहयोग

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक