४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रधानमन्त्रीसमक्ष सगरमाथा संवाद कार्यक्रमबारे माओवादी केन्द्रको ध्यानाकर्षण



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (माओवादी केन्द्र) को वन, वातावरण तथा जलवायु विभागले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद तय भएकामा स्वागत गर्दै कार्यक्रमहरू सहमतीय आधारमा साझा अवधारणा तयार गर्न ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री एवं उक्त संवाद कार्यक्रमको निर्देशक समितिका अध्यक्ष ओलीलाई भेटेर माओवादी केन्द्रको सो विभागका प्रमुख माधव सापकोटासहितको टोलीले यस कार्यक्रमका लागि विगतमा भएका प्रयाससमेतलाई आधार मानेर साझा अवधारणा ल्याउन आग्रह गरेको हो ।

प्रधानमन्त्री ओलीले सबै राजनीतिक दल र पक्षले विचार भन्दामाथि उठेर यसलाई सफल बनाउनुुपर्नेमा जोड दिँदै यस्ता राष्ट्रिय महत्त्वका कार्यक्रममा सरकारमा भएका पार्टीको मात्रै पक्षधरता हुने कुनै सम्भावना नरहेको स्पष्ट पारे । उनले यसलाई सफल बनाउन विभिन्न राजनीतिक दलसँग पत्राचार गरिने पनि जनाए ।

सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको हो ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ६ : ०० बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म