२५ श्रावण २०८३, सोमबार | August 10, 2026

मकवानपुरमा यात्रीबस दुर्घटना हुँदा १६ जना घाइते, गुडिरहेको कारमा आगलागी



मकवानपुर । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-६ सुनाचुरीस्थित सडकखण्डमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् ।

इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा बसमा सवार १६ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेहरुको उद्धार गरी उपचारको लागि चितवन अस्पतालतर्फ पठाइएको उक्त कार्यालयका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । बस चालक बाराको कोल्बी नगरपालिका-११ निवासी २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, कुलेखानी-भीमफेदी-काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-४ निबुवाटारमा गुडिरहेको भारतमा दर्ता भएको गाडीमा आगलागी भएको छ ।

काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको जीज १२ डीए ९६१८ नम्बरको कारमा आगलागी भएको र त्यसबाट गाडी पूर्ण रुपमा जलेको उनले बताए । आगलागीबाट मानवीय क्षति भएको छैन ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ७ : ३६ बजे

प्रतिपक्षले भन्यो – कालो चस्मा खोल्नुस्, प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाह

समावेशी सञ्चारका लागि मातृभाषा पत्रकारितामा अन्तरराष्ट्रिय बहस

काठमाडौँ । ‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ नाराका साथ तेस्रो

प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै बाँकेका ग्यास व्यवसायी आक्रोशित

नेपालगन्ज । स्थानीय प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै बाँकेका ग्यास

प्रधानमन्त्री बालेन्द्रको कूटनीतिक ‘यू-टर्न’, भारतीय राजदूतसँग पहिलो एकल भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका