२९ मंसिर २०८२, सोमबार | December 16, 2025

वर्तमान सरकार बिचौलिया र भ्रष्टाचारीलाई बचाउन बनेको हो : अध्यक्ष प्रचण्ड



बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार बिचौलिया र भ्रष्टाचारीलाई बचाउन बनेको बताएका छन् । रुपेन्देहीको भैरहवामा आज प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा प्रचण्डले सरकार बनाउँदा कांग्रेस र एमालेका एक दुई जना नेता बाहेक अरुलाई थाहा नदिई अपारदर्शी ढंगले बिचौलिया र भ्रष्टाचारीलाई बचाउन बनेको बताएका हुन् ।

उनले वर्तमान सरकार दुई तिहाइको नभई षड्यन्त्रको र अपारदर्शी सरकार भएको टिप्पणी गर्दै सरकार असंवैधानिक भएको पनि आरोप लगाए ।

वर्तमान सरकारको जन्म नै संविधान कुल्चेर अप्राकृतिक ढंगले बनेको जिकिर गर्दै प्रचण्डले सरकार संविधानको धारा ७६ (३) अनुसार कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्नेमा संबिधान मिचेर गठन भएको बताए ।

कांग्रेससँगको गठबन्धनमा एमाले नेतृत्वको वर्तमान सरकार बनेदेखि नै जनतामा यो सरकारप्रति कुनै आशा नभएको प्रचण्डको भनाई छ ।

उनले माओवादीको अभियान रुपन्देही प्रवेश गर्दै गर्दा माओवादीप्रति जनताको अपार समर्थन रहेको दोहोर्याए । पत्रकारको प्रश्नमा उनले यो सरकार ढालेर अहिले सरकारमा आउने माओवादी केन्द्रलाई कुनै रुचि नभएको बताए ।

‘हामीलाई सरकारमा जाने कुनै रुचि छैन । हाम्रो कुनै खालको हतारो पनि छैन । तर यसको अर्थ यो सरकार चलिरहोस्, नेपाली जनताले दुख पाइरहुन् भन्ने पनि एउटा जिम्मेवार र शान्ति सम्झौताको हस्ताक्षरकर्ताको नाताले त्यो मनसाय होइन ’, प्रचण्डको स्पष्ट पारे ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  १० : २१ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको