६ असार २०८२, शुक्रबार | June 20, 2025

डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ



दिपायल । सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ । बडीकेदार गाउँपालिका–२ बर्छैनका २४ वर्षीय नरेश सार्कीको मृत्यु भएको हो ।

खड्यौलीस्थित प्रहरीचौकीका प्रमुख विरादत्त पन्तका अनुसार बिहीबार दिउँसो बडीकेदार गाउँपालिका–१ बेडुपाटा खोलाकिनारमा सिकार खेल्न गएका बडीकेदार गाउँपालिका–१ रजेडका कमलसिंह खड्काले बोकेको भरुवा बन्दुक पड्किँदा सार्कीको दायाँ छातीमा गोली लागेको थियो । निजको घटनास्थलमै मृत्यु भएको हो ।

अनुसन्धानको सिलसिलामा बन्दुक बोक्ने खड्का, रजेडका खेम खड्का, तारासिंह खड्का, सोही गाउँपालिका– २ तेजेन्द्र भाट, अम्मर शाह, चक्र भाट, सुनिल बम, गणेश घर्तीमगर, मानबहादुर शाह र गर्भुजाका जुलेश नामजाली मगरलाई पक्राउ गरिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ८ : ५० बजे

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन

वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१/८२

जसपाको संघीय परिषद् बैठक आजबाट

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको संघीय परिषदको

खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा

कञ्चनपुर । गाउँ नजिकैको चुरे पर्वतमा सूर्य नउदाउँदै कृष्णपुर नगरपालिका-२

दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प

बागलुङ । बागलुङ नगरपालिका-१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध

तेहरानमा रहेको अस्ट्रेलियाली दूतावास बन्द

तेहरान । इरान-इजरायल युद्धका कारण अस्ट्रेलियाले तेहरानमा रहेको दूतावास बन्द