३० बैशाख २०८३, बुधबार | May 13, 2026

पुल्चोक-गोन्द्राङ सडकको उद्घाटन



चितवन । भरतपुरमा नवनिर्मित ६ लेनको सडक उदघाटन गरिएको छ।

हालै ६ लेनमा विस्तारित गरिएको पुल्चोक–गोन्द्राङ सडकको प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासमा पूूर्वाग्रह र मतभेद नराखी काम गर्न आग्रह गर्दै पूर्व–पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने बताए ।

‘अहिले चुनाव लाग्या पनि छैन र चुनाव प्रचार गर्नु प-या पनि छैन । त्यतापट्टि गइहाल्नुपर्ने आवश्यकता पनि छैन । म आग्रह गर्न चाहान्छु, सबैलाई सधैँ राजनीति मात्रै, सधैँ चुनाव मात्रै होइन । विकासमा ध्यान दिउँ । हामीले एक भएर देश बनाउनुपर्नेछ । मतभेदमा होइन एकतामा जोड दिउँ’, प्रधानमन्त्री ओलीले भने, ‘विचारमा विविधता हुनसक्छ तर देशको विकास गर्ने कुरामा मतभेद राख्न आवश्यक छैन । देशको विकास हामी सबै मिलेर गर्ने हो । कोही आएर हाम्रो देश बनाउँदैन । आफ्नो बलमा लोकतन्त्रलाई बलियो बनाउँदै राष्ट्रिय एकताका साथ एकजुट भएर अघि बढेर विकास गर्नुपर्छ ।’

तेस्रो पटक प्रधानमन्त्री हुदाँ ओलीले २०७७ माघ १७ मा यो सडकको शिलन्यास गरेका थिए ।

१ अर्ब १३ करोड रूपैयाँको लागतमा विस्तारको काम पूरा भएको सो सडकको दुवैतर्फ सडक बत्ती जडानको काम पनि सकिएको छ । ५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा दायाँबायाँ ११.५ र ११.५ मिटर कालोपत्र गरिएको छ । त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन तयार गरिएको छ ।

६ किलोमिटर लामो ६ लेनको उक्त सडक एसियाली मापदण्डको छ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ५ : ०७ बजे

नीति तथा कार्यक्रम कार्यान्वयनमा उतार्न रुपन्देही चेम्बरको माग

बुटवल । चेम्बर अफ कमर्स रुपन्देहीले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक

प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा उपस्थित नभएपछि उत्पन्न

प्रधानमन्त्री अनुपस्थित रहे संसद् बहिष्कार गर्ने प्रतिपक्षी दलको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको आगामी आर्थिक

प्रधानमन्त्री बालेन्द्रको राजीनामा माग गर्दै संसद अवरोध

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरिएको

यातायात व्यवसायी राष्ट्रिय महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी

पोखरा। यातायात व्यवसायीहरूको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको