५ पुस २०८२, शनिबार | December 20, 2025

न्यू डाँफेको नेतृत्वमा दोस्रो पटक तिलकबीर सुनार, आगामी वर्ष गोल्ड कपको घोषणा



खजुरा । बाँके जिल्लाकै जेठो क्लब मध्यको न्यू डाँफे स्पोर्ट्स क्लबको अध्यक्षमा तिलकवीर सुनार सर्वसम्मत चयन भएका छन् । शनिबार खजुरा गाउँपालिका – ४ डि गाउँमा बसेको गाउँ भेलाले तिलकबिरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । तिलकबिर दोस्रो पटक क्लवका अध्यक्ष बनेका हुन् । यसअघि उनी ९ वर्ष सम्म नेतृत्वमा रही क्लवको नेतृत्व गरेका थिए ।

क्लबमा अन्य पदाधिकारी समेत सर्वसम्मत चयन गरिएको छ । क्लबको प्रथम उपाध्यक्षमा नारायण खनाल, द्वितीय उपाध्यक्षमा नवराज खत्री चयन भएका छन् । यस्तै मानार्थ उपाध्यक्षमा दानबहादुर गुरुङ , सचिवमा बालाराम खत्री, सह सचिवमा हरी प्रसाद विक, कोषाध्यक्षमा अनिल खत्री चयन भएका छन् ।

सदस्यहरूमा रविन्द्र पुन, तेजेन्द्र नाथ योगी, कर्ण बहादुर सुनार, साकार खड्का, योगेन्द्र खत्री, इन्द्रबहादुर सुनार, रिमा थापा, बबिता विक र दीपेन्द्र शाहीलाई गाउँभेलाले सर्वसम्मत चयन गरेको हो । क्लवको स्थापा कालदेखि नै गाउँ भेलाले नेतृत्व चयन गर्दै आएको छ ।

अघिल्लो महिना मात्र दशौँ डाँफे कप नकआउट फुटबल खेल प्रतियोगिता सम्पन्न गरेको क्लबले आगामी वर्ष गोल्डकप प्रतियोगिता गराउने गरी तयारी अहिलेबाटै सुरु गरिने नवनिर्वाचित अध्यक्ष तिलकवीर सुनारले बताए ।

नवनिर्वाचित कार्यसमितिलाई आइतबार सपथ ग्रहण, निर्वाचित भएको प्रमाण पत्र र निवर्तमान कार्यसमितिलाई विदाई तथा सम्मान पत्र प्रदान गरिने निर्वाचन समिति संयोजक लोक बहादुर खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ९ : ५७ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता