७ जेष्ठ २०८२, बुधबार | May 21, 2025

चितवन सेवा समाज बाँकेको शुभकामना तथा क्यालेन्डर विमोचन



नेपालगन्ज । चितवनबाट बाँकेमा बसोबास गरिरकेकाहरुको संगठन चितवन सेवा समाज बाँकेले नयाँ वर्षको शुभकामना आदान प्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न गरेको छ । शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले चितवन प्रतिको अपनत्व कायम गर्न र बिभिन्न सामाजिक सेवा गर्न गठन भएको सेवा समाजलाई अझै सक्रिय बनाउनु पर्नेमा जोड दिए । बिबिध कारणले चितवन छाडेपनि चितवनको समरण र आपसमा भातृत्व कायम राख्न सेवा समाजले उल्लेखनिय काम गर्दै आएको बताए ।

कायृक्रममा बोल्दै नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक धामीले समाजले गर्ने रचनात्मक सामाजिक सेवामा उद्योग बाणिज्य संघको सहकारात्मक सहकार्य रहने बताए । चितवनबाट आएर नेपालगन्जमा आएर बसोबास गर्ने अधिकांस उद्योगी ब्यवसायी नै रहेको उल्लेख गर्दै अध्यक्ष धामीले ब्यवसायिक मर्यादा कायम राख्न र सिमावर्ती ब्यापार असन्तुलनको समास्या समाधान गर्न समाजबाट संघलाई सहयोग हुने अपेक्षा गरे ।

पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष शुक्रऋषि चौलागाईँले क्षेत्रगत संगठन निर्माण गर्दा बेलाबखत आईलाग्ने समस्यामा ठुलो राहत मिल्ने बताए । उनले चितवन आफ्रमा बहुआयामीक जिल्ला भएको चर्चा गर्दै चितवनबाट बाँकेमा आएकाहरुबाट पनि समाज विकासमा महत्वपूर्ण योगदान रहने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठ, राजनीतिक ब्यक्तित्व तथा समाजकी सल्लाहकार शान्ति ढकाल सहित बिभिन्न पेशा र क्षेत्रगत संगठनका प्रतिनिधिहरुले शुभकामना मन्तब्य राखेका थिए । सोही अवसरमा समाजमा योगदान पुर्याउने तथा क्यालेन्डर प्रकाशनमा बिज्ञापन दिने दाताहरुलाई सम्मान गरिएको थियो ।

बाँकेमा चितवनबाट आएर बसोबास तथा बिभिन्न पेशा गर्ने १ सय बढी चितवनेहरु चितवन सेवा समाजमा आवद्ध रहेको समाजका अध्यक्ष चन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  १० : २२ बजे

गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु

गोरखा । गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले प्रकाशित गरेको चालु आर्थिक

ठेकेदारको अराजकता : गौरवको आयोजनाको ७८ मा सकिनुपर्ने सडक ८२ मा पनि सकिएन

पर्वत । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक गौरवको

हुम्लाको हिमपहिरोबाट विस्थापित भएकालाई स्थानान्तरण गर्न माग

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसद रेणु चन्दले हुम्लाको लिमी

पानीजहाज विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन)