२३ बैशाख २०८३, बुधबार | May 7, 2026

चितवन सेवा समाज बाँकेको शुभकामना तथा क्यालेन्डर विमोचन



नेपालगन्ज । चितवनबाट बाँकेमा बसोबास गरिरकेकाहरुको संगठन चितवन सेवा समाज बाँकेले नयाँ वर्षको शुभकामना आदान प्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न गरेको छ । शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले चितवन प्रतिको अपनत्व कायम गर्न र बिभिन्न सामाजिक सेवा गर्न गठन भएको सेवा समाजलाई अझै सक्रिय बनाउनु पर्नेमा जोड दिए । बिबिध कारणले चितवन छाडेपनि चितवनको समरण र आपसमा भातृत्व कायम राख्न सेवा समाजले उल्लेखनिय काम गर्दै आएको बताए ।

कायृक्रममा बोल्दै नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक धामीले समाजले गर्ने रचनात्मक सामाजिक सेवामा उद्योग बाणिज्य संघको सहकारात्मक सहकार्य रहने बताए । चितवनबाट आएर नेपालगन्जमा आएर बसोबास गर्ने अधिकांस उद्योगी ब्यवसायी नै रहेको उल्लेख गर्दै अध्यक्ष धामीले ब्यवसायिक मर्यादा कायम राख्न र सिमावर्ती ब्यापार असन्तुलनको समास्या समाधान गर्न समाजबाट संघलाई सहयोग हुने अपेक्षा गरे ।

पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष शुक्रऋषि चौलागाईँले क्षेत्रगत संगठन निर्माण गर्दा बेलाबखत आईलाग्ने समस्यामा ठुलो राहत मिल्ने बताए । उनले चितवन आफ्रमा बहुआयामीक जिल्ला भएको चर्चा गर्दै चितवनबाट बाँकेमा आएकाहरुबाट पनि समाज विकासमा महत्वपूर्ण योगदान रहने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठ, राजनीतिक ब्यक्तित्व तथा समाजकी सल्लाहकार शान्ति ढकाल सहित बिभिन्न पेशा र क्षेत्रगत संगठनका प्रतिनिधिहरुले शुभकामना मन्तब्य राखेका थिए । सोही अवसरमा समाजमा योगदान पुर्याउने तथा क्यालेन्डर प्रकाशनमा बिज्ञापन दिने दाताहरुलाई सम्मान गरिएको थियो ।

बाँकेमा चितवनबाट आएर बसोबास तथा बिभिन्न पेशा गर्ने १ सय बढी चितवनेहरु चितवन सेवा समाजमा आवद्ध रहेको समाजका अध्यक्ष चन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  १० : २२ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा