१५ असार २०८३, सोमबार | June 29, 2026

शिक्षामन्त्री विद्या भट्टराईले दिइन राजीनामा



काठमाडौं ।

काठमाडौँ । शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन गरिरहेका बेला संघीय सरकारकी शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।

मन्त्री भट्टराईले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको उनको निजी सचिवालयले जानकारी दिएको छ । शिक्षक आन्दोलनको विषयमा प्रधानमन्त्री र शिक्षामन्त्री भट्टराईबीच विवाद रहँदै आएको थियो । विद्यालय शिक्षा विधेयकका बिवषमा प्रधानमन्त्रीले दिनेगरेको अभिब्यक्तिलाई लिएर भट्टराईले असमति प्रकट गर्दै आएकी थिइन् । प्रधानमन्त्रीले बेलाबखत नीजि विद्यालयको पक्षपोषण हुने गरि अभिब्यक्ति दिने गरेको भन्दै शिक्षामन्त्री भट्टराईले असन्तुष्टि व्यक्त गरेकी थिइन्।

उनले संविधानले निःशुल्क शिक्षाको व्यवस्था गरेको भएपनि प्रधानमन्त्रीले त्यस विरुद्ध नीजि बिद्यालयमा लगानी सुरक्षित गर्ने खालका अभिब्यक्ति दिएको भन्दै पार्टीको आन्तरिक बैठकमा समेत असन्तुष्टि जनाएको पार्टीका एक नेताले बताए ।

मन्त्री भट्टराईले आन्दोलनकारी शिक्षकहरूसँग भेटघाट गर्दै शिक्षा विधेयक संसदीय समितिमा दफावार छलफल हुँदै गरेको र यसलाई चाँडै टुङ्ग्याउन आफू प्रतिबद्ध रहँदै आएको बताएकी थिइन् ।

शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् । आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ । सम्भवतः आजकै मन्त्रिपरिषद्बाट उनको राजीनामा स्वीकृत हुनेछ ।

शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको छ तर निचोड निस्कन सकेको छैन । शिक्षक आन्दोलनकै कारण घेराबन्दीमा परेकी मन्त्री भट्टराईले प्रधानमन्त्री ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ५ : ५४ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै