२० मंसिर २०८२, शनिबार | December 6, 2025

लुम्बिनी कप महिला फुटबल : कर्णालीलाई ६–० ले पाखा लगाउदै एपिएफ सेमिफाइनलमा

कर्णालीका खेलाडीले गरे २ वटा आत्माघाती गोल



नेपालगन्ज । नेपालगन्ज रंगशालामा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जित हासिल गरेको छ । कर्णाली प्रदेश फुटबल संघ विरुद्ध ६–० गोल अन्तरले जित निकाल्दै विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको सुरुवाती अवस्थामा दुबै टोलीको खेल निकै प्रतिस्पर्धात्मक देखिएको थियो । खेलको १८ औ मिनेटसम्म पुग्दा सुरुमा कसले गोल गर्छ भन्ने उत्सुकता निकै तिब्र थियो । पहिलो हापको १८ औ मिनेटमा कर्णाली प्रदेश फुटबल संघले आत्मघाती गोल गर्न पुग्यो । कर्णालीका टिना रावतले आत्मघाती गोल गरेपछी एपिएफले एक गोलले अग्रता लिन सफल भयो । आत्मघाती गोल संगै कर्णाली टिम आत्तिएको अवस्थामा प्रस्तुति दिइरहेको थियो ।

खेलको पहिलो हापको ३५ औ मिनेटमा एपिएफका रेनुका अधिकारीले टिमका तर्फबाट पहिलो गोल गरीन । यो संगै एपिएफले दोस्रो गोलको अग्रता लियो । खेलको ३६ औ मिनेटमा एपिएफका अनिता केसीले गरेको गोलले तिन गोलको अग्रता दिलाउन सफल भयो भने खेलको ४५ औ मिनेटमा गिता रानाले गरेको एक गोलले टिमलाई चौथो गोल दिलाउन सफल भयो ।

कडा प्रतिस्पर्धामा खेल भइरहदा दोस्रो हापको ४६ औ मिनेटमा रश्मी कुमारी घिसिङले थप एक गोल गरेर टिमलाई ५ गोलले अग्रता दिलाउन सफल भइन् । कम्तिमा एक गोलको आशा सहित मैदानमा कडा मेहनत गरीरहेको कर्णालीले पुनः खेलको ५० औ मिनेटमा आत्मघाती गोल गर्न पुग्यो । दोस्रो आत्मघाती गोल पनि कर्णालीकी टिना रावतबाट हुन पुग्यो । यो गोल कर्णालीका लागि निकै सकसपुर्ण रहन गयोे ।

यो गोल संगै एपिएफ ६ गोलले अग्रस्थानमा रहन सफल भयो । यो नजिता पछि कर्णालीलाई निकै दबाब सहनु प¥यो भने एपिएफले थुप्रै गोल गर्ने अवसर गुमाउन पुग्यो ।

एपिएफले अझै थुप्रै गोल गर्न सक्ने संभावना थियो तर कर्णालीका गोल किपर लिला जोशीको प्रस्तुतीले थुप्रै गोल खानबाट कर्णालीलाई जोगायो । लिलाको यो प्रस्तुतीलाई दर्शकहरुले रोचक ढंगले लिइरहेको देखिन्थ्यो । यद्यपी कर्णालीले आजको खेलमा खाता खोलेको हेर्न चाहने दर्शकको सपना भने अधुरो रहन पुग्यो ।

कर्णालीविरुद्ध एपिएफले राष्ट्रिय टोलीका ९ खेलाडी मैदान उतारेको थियो । गोलकिपर अञ्जना रानामगरले भने एपिएफका लागि पहिलो डेब्यू गरीन् । उनी अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब छाडेपछि एपिएफ पुगेकी हुन् । दोस्रो हाफमा अञ्जनाको स्थान सावित्री किशनले लिएकी थिइन् । आजको खेलको म्यान अफ द म्याच रेनुना नगरकोटी घोषीत हुन सफल भइन् । उनलाई राष्ट्रिय महिला फुटबल टिमका कोच राजेन्द्र तामाङ, खेल प्रायोजक राजा खानका प्रतिनिधि सादाब खान र मनमाया मेमोरीयल फिजियोथेरापीका डाक्टर खेमा भण्डारीले नगर रुं ५ हजार प्रदान गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषद लुम्बिनी प्रदेशका पुर्व सदस्य सचिव भिम वलीले खेलाडिलाई बल हस्तान्तरण गरेपछि प्रतियोगिता सुरु भएको थियो । त्यसअघि फिफा एन्थम र राष्ट्रिय गान प्रस्तुत गरीएको थियो । आजको मुख्य रेफ्रि जमुना आले मगर रहेकी थिइन । यसैगरी सहायक रेफ्रिहरुमा कृति सेन ,अनुप सिङ थारु र कृष्ण खत्री रहेका थिए ।

खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबका कोच भगवती थापाले खेल मैदानको लेबल नमिलेका कारण धेरै पटक गोलको अवसर गुमाउनु परेको बताउदै आगामी खेल रोचक हुनेमा विश्वस्त रहेको बताइन् । यस्तै क्याप्टेन अनिता बस्नेतले सोचे अनुसारको नजिजा आएपनि आफूहरुमा देखिएको कमीकमजोरी औल्याएकी थिइन् ।

यस्तै कर्णाली प्रदेश प्रदेश फुटबल संघका कोच असिम खड्काले खेल मैदानको अभावका कारण अभ्यास गर्न नपाउँदा राम्रो नजिता नआएको बताए । उनले अब यो टिमलाई अभ्यस्त बनाएर अगाडी बढाउने बताएका छन् । यस्तै क्याप्टेन संगीता अधिकारीले नेपालगन्जमा आएर यसरी खेल्न पाउनु नै आफूहरुका लागि ठुलो अवसर भएको बताइन् । उनले यो खेलले अझै उत्साह थपेको र आगमी दिनमा राम्रो प्रस्तुती दिने बताइन् ।

अन्तरालको आयोजना तथा जिल्ला फुटबल संघकको सहकार्यमा जारी आजको यो खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको मिडिया संयोजक निरज गौतमले जानकारी दिए । उनका अनुसार पहिलो सेमिफाइनलमा मंगलबार भोली दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । यस्तै दोस्रो सेमिफाइनलमा बुधबार एपिएफ र रौतहट जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ९ : ३९ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल