२४ भदौ २०८३, बुधबार | September 9, 2026

खजुरा गाउँपालिकाले आजबाट घरघरबाट फोहर उठाउँदै



खजुरा । शहरोन्मुख बाँकेको खजुरा गाउँपालिकाले आजबाट पालिका अन्तर्गतको बजार क्षेत्रमा घरघरबाट फोहर उठाउन सुरु गरेको छ । स्थानीय सुन्दर बिहानी युवा क्लवको हकार्यमा पालिकाले फोहर संकलन अभियान सुरु गरेको हो ।

आज खजुरा ३ स्थित खजुरा बजारबाट फोहर उठाउने कार्यको शभारम्भ गरिएको छ । फोहर संकलन कार्यक्रमको शुभारम्भ गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले आजबाट खजुरेली जनताले घर अगाडी फोहर जलाउने र नाला किनारमा फोहर फल्नु नपर्ने बताए । उनले स्वच्छ, सफा र हरियाली खजुरा बनाउन पालिकाले फोहर ब्यवस्थापनको अभियान थालेको बताउँदै पालिकाको अभियानमा सबैको साथ सहयोगको अपेक्षा गरे । /आजबाट खजुरेलीलले आफ्नै स्वास्थ्यलाई जोखिममा राख्दै घर आगनमा प्लास्टिक जलाउन बन्द गर्न आग्रह गर्दछु,’ उनले भने, ‘पेडारी नालामा अंध्यारो भएपछि फोहरको डुँगुर फाल्न पनि बन्द गर्नुहोला, अव घरघरमा फोहर उठाउन ट्याक्टर आउँछ ।’

फोहर ब्यवस्थापनको व्यवस्था नहुँदा खजुरामा संकलित होहर घर आगनमा जलाउन बाध्याता रहेको थियो भने केही स्थानीयले रातीको समयमा स्थानीय नालामा रातीको समयमा फोहर फाल्ने गर्दथे । जसका कारण बजारको बीचभाग नै दुर्गन्धित बन्ने गरेको थियो ।

पालिकाले स्थानीय सुन्दर बिहानी युवा क्लवको सहकार्यमा फोहर ब्यवस्थापन गर्न थालेको हो । पालिकाको ८ वटै वडाका प्रमुख बजार क्षेत्रका फोहर उठाईने पालिकाले जनाएको छ । ७ वटा वडाका मुख्य चोकहरुमा साप्ताहिक रुपमा फोहर उठाउन ट्याक्टर पठाइने र वडा नम्बर ३ को खजुरा बजार क्षेत्रमा हरेकदिन बिहान ट्याक्टरबाट फोहर संकलन गरिने पालिकाका प्रमुख प्रशासहिय अधिकृत बासु रानाले बताए । उनले संकलन भएको फोहरलाई जानकी गाउँपालिकाको डम्पिङ साइडमा बिसर्जन गर्ने व्यवस्था मिलाईएको उनले जानकारी दिए ।

फाहेर उठाउनका लागि स्थानीयबासीबाट न्युनतम फोहर ब्यवस्थापन शुल्क उठाइने प्रशासकिय प्रमुख रानाले बताए । खजुरा गाउँपालिका अन्तर्गन हुलाकी राजमार्ग केन्द्रीत खजुरा बजार सहित सैनीक, रिमझिम चोक, सिमलघारी, मनकामना चोक, ई गाउँ चोक जस्ता मध्यम, साना र मझौला ब्यापारिक केन्द्र रहेका छन् । कार्यक्रमको शुभारम्भमा पालिका अध्यक्ष बिक सहित उपाध्यक्ष मन्जु मल्ल, पालिकाका कर्मचारी, सुन्दर बिहानी युवा क्लवका पदाधिकारी र इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी टोलीले खजुरा १ नम्बर देखि धनौली सम्मका फोहर सफाई गर्नुका साथै दुईवटा ट्याक्टरमा फोहर संकलन गरिएको थियो ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ३ : ०४ बजे

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा

मोदी खोलामा बजेको खतराको घण्टी !

पोखरा । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको

प्रधानमन्त्री राहत कोषमा रु १२ अर्ब

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

प्रधानमन्त्री शाह तीनवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय