२२ चैत्र २०८२, आइतबार | April 6, 2026

सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने



काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने बताएका छन् ।

आज सिंहदरबारभित्रमा मेलम्चीको खानेपानी वितरणका लागि धारा निर्माण गर्ने ठाउँको अनुगमन गर्दै उनले वर्षौंदेखि सिंहदरबारमा प्रयोग गरिँदै आएको जार र बोतलको पानी प्रयोग अब सदाका लागि बन्द गरिने बताए ।

उनले भने, “सिंहदरबारमा प्रयोग हुँदै आएका जार, बोतलको पानी विस्थापित गर्ने लक्ष्य अनुसार काम अगाडि बढिरहेको छ । यहाँ चाँडै मेलम्चीको शुद्ध खानेपानी वितरण हुन्छ ।”

यही वैशाख मसान्तसम्मा सिंदरबारमा मेलम्चीको सफा पानी वितरण गरिने मन्त्री यादवले जानकारी दिए । उनले भने, “मेलम्चीको शुद्ध पानी उपलब्ध भएपछि सिंहदरबारमा हाल प्रयोग भइरहेको बोतल र जारको पानी क्रमशः विस्थापन गर्ने मेरो स्पष्ट योजना छ । शुद्ध पानी सबैको पहुँचमा पु¥याउन हामी एकजुट भई अघि बढ्नुपर्छ ।”

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  १० : ०६ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको