नेपालगन्ज । अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कपको उपाधी जित्न फाइनलमा पुगेका एपीएफ क्लब र नेपाल पुलिस क्लब दुबै टिमले एक अर्कालाई बलियो प्रतिस्पर्धी स्वीकार गरेका छन् । आयोजक अन्तरालले फइनल खेलको पूर्व संध्यामा राखेको प्रि म्याच कन्फ्रेन्सबा बोल्दै दुबै टिमका कोच र कप्तानहरुले एक अर्कालाई बलियो प्रतिस्पर्धी स्वीकार गरेका हुन् ।
दुबै टिमका कोच तथा कप्तानहरुले उपाधि आफुले जित्ने दाबी पनि गरेका छन । कार्यक्रममा बोल्दै एपीएफ क्लबका कोच भगवती थापाले प्रतिस्पर्धीलाई कहिल्यै कमजोर सम्झन नहुने बताइन् । उनले आफूहरुलाई खेल जित्नै पर्ने दबाब रहेको बताउँदै उपाधि आफ्नै टिमले पाउने दाबी गरिन् । यस्तै क्याप्टेन अनिता बस्नेतले खेल रोमाञ्चक हुने बताउँदै आफूहरु जित्नको लागि खेल्न लागेको प्रतिक्रिया दिइन् । नेपालगन्जमा भएको यो प्रतियोगिताले महिला खेलाडीलाई मात्र नभई समग्र खेलप्रेमीहरुलाई हौसला जगाएको उनले बताइन् । उनले आफ्नो टिमलाई सशस्त्र प्रहरी संगठनबाट सधैं उच्च मनोबलका साथ खेल्ने हौसला प्राप्त भएको बताइन् । संगठनको हौसला र छनौटकै कारण एपीएफ क्लवले सफलता पाउँदै गएको बताइन् । नेपालगन्जको खेल मैदान अझै खेल मेत्री बनाउनु पर्नेमा उनले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइन् ।
नेपाल पुलिस क्लबका कोच सुमन सुवेदीले खेल जित्नको लागि आफ्नो टिमको तर्फबाट उपाधि जित्न अधिकतम प्रयास रहने बताए । एपीएफ टिम शसक्त टिम भएको बताउँदै उनले खेलमा जस्ले पनि जित्न सक्ने बताए । राम्रो भनेको टिमले पनि कहिलेकाही नराम्रो खेल्न सक्न । अनि नराम्रो भनेको टिमले राम्रो पनि खेल्न सक्छ । ” उनले भने ।
कप्तान निरु थापाले घरेलु मैदानमा आएर फाइनल खेल खेल्ने सपना पुरा भएजस्तै खेल जित्ने सपना पनि पुरा हुने दृढता ब्यक्त गरिन् । फुटबल खेलमा महिला खेलाडीहरुको सहभागिता बढाउनका लागि नियमित तालिम तथा आवश्यक पर्ने ब्यबस्थापकिय कामहरु गर्नुपर्ने खेल सम्बद्धहरुलाई सुझाव दिइन् । आफ्नै गृह जिल्लामा फुटबल प्रति जनचासो कम भएको प्रति भने थापाले चिन्ता प्रकट गरिन् ।
आजको कार्यक्रममा म्याच कमिसनर प्रदेश सिंह राठौर ,म्याच कोर्डिनेटर कमल खत्री ,अन्तरालका कार्यकारी जयनारायण शाह ,एन्फा बाँकेका अध्यक्ष भोजराज शाहीलगायत आयोजक टिमको सहभागीता रहेको थियो ।
भोली हुने फाइनल खेलको प्रतिस्पर्धी एपीएफ क्लबले कर्णालीलार्ई ६—० गोल अन्तरले र रौतहटलाई ३ —० ले हराउदै फाइनल यात्रा तय गरेको हो । यसैगरी नेपाल पुलिस क्लबले भारतीय टीम सिलुगुडीलाई ४—० ले र भत्रभुवन आर्मीलाई सडन डेथमा हराएर फाइनल यात्रा तय गरेको हो ।
एपीएफ क्लब र नेपाल पुलिस क्लब बीच हुने फाइनल खेल भोली शुक्रबार दिउसो ३ बजे सुरु हुने मिडिया संयोजक निरज गौतमले जानकारी दिए ।
अन्तरालको आयोजना तथा जिल्ला फुटबल संघको सहकार्यमा जारी प्रतियोगितामा नेपाल र भारतका गरेर ८ वटा टिम सहभागि भएर प्रतिस्पर्धा गरेका हुन । प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलिगुडी फुटबल क्लब र रौतहट जिल्ला फुटबल संघ टिम सहभागी भए ।
प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र पुरस्कार प्राप्त गर्ने आयोजक अन्तरालले जनाएको छ ।


















प्रतिक्रिया