१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

शुक्रबारदेखी आकस्मिक र सघन बाहेकका सेवा ठप्प पार्दै चिकित्सक संघ



बुटवल । नेपाल चिकित्सक संघको आह्वानमा आन्दोलनमा उत्रिएका देशैभरका चिकित्सकहरुको आन्दोलनमा चिकित्सक संघको साबिक लुम्बिनी अञ्चल शाखा बुटवलले एक्यवद्धता जनाएको छ । लुम्बिनी शाखाको अगुवाईमा यहाँका चिकित्सकहरुले विहिबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्रसहित दुई घण्टा धर्ना दिएका छन ।

आवासिय चिकित्सकहरुलाई तोकिएको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारलाई दबाब दिदै देशभरका चिकित्सकहरुको आन्दोलनका क्रममा यहाँका सचकित्सकहरु पनि आन्दोलित भएका हुन् ।

संघको आन्दोलनको कार्यक्रम अन्तरगत विहिबार देशभर बिरोध सभा गरेका छन् । संघका उपाध्यक्ष वर्षा थापा, सचिव प्रकाश बस्नेत, कोषाध्यक्ष रमेश भट्टराई, सदस्य सम्राट पराजुलीले सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानालाई ज्ञापन पत्र बुझाउदै आन्दोलनका कार्यक्रमबारे जानकारी दिए ।

नेपाल चिकित्सक संघ लुम्बिनी शाखा बुटवलको बिहिबार नै बसेको आकस्मिक बैठकबाट शुक्रबारदेखी आकस्मिक तथा सघन (आईसियु) उपचार सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय भएको महासचिव डा प्रकाश बस्नेतले बताए । उनले केन्द्रको निर्देशन अनुसार शुक्रबारदेखी ओपिडि सेवा बन्द गर्ने निर्णय गरिएको जनाए ।

चिकित्सा शिक्षा आयोगको १६ औ पूर्ण बैठकबाट आवासिय चिकित्सकहरुको पारिश्रमिकको विषयमा भएको निर्णय कार्यान्वयन नहुँदा आन्दोलमा उत्रनुपरेको नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्ष डा कृष्ण खरेलले बताए । स्वास्थ्यकर्मीहरुको सम्मान, हक अधिकार र सुरक्षाका लागि संघर्षका कार्यक्रम अघि बढाउन बाध्य भएको उनले बताए ।

घोषणा अनुसार आवासिय चिकित्सकहरुको न्युनतम पारिश्रमिक कार्यान्वयन नभएसम्म आन्दोलन नरोकिने उनले बताए । ‘अस्पतालमा अतिआवश्यक सेवाबाहेकका अन्य सबै सेवा अनिश्चित समयका लागि बन्द गर्ने निर्णय गरेका छौ ।’ उनले भने ।

बैठकमा संघका सहसचिव मोहन तिवारीले यो आन्दोलन समग्र चिकित्सकको पक्षमा भएको बताए । आन्दोलनमा एक ढिक्का भएर आउन उनले सबै चिकित्सकहरुलाई आग्रह गरे ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ८ : ४८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले