२ बैशाख २०८३, बुधबार | April 15, 2026

अध्यक्ष प्रचण्डद्वारा गोरखामा स्थानीय जनप्रतिनिधिहरूसँग समुहिक छलफल



गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज गोरखा जिल्लाको बारपाकमा माओवादी केन्द्रबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उप–प्रमुखहरूसँग समुहिक छलफल गरेका छन् ।

उनले जनप्रतिनिधिहरूसँगको संवादमा माओवादी नेतृत्वमा रहेका पालिकाहरूले जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने खालका परिवर्तन ल्याउनु पर्नेमा जोड दिए । साथै, उनले जनप्रतिनिधिहरू उत्तरदायी र जनउत्तरदायी सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए ।

छलफलमा सहभागी जनप्रतिनिधिहरूले आफ्नो पालिकाका अनुभव, समस्या र चुनौतीहरूबारे धारणा राख्दै पार्टी केन्द्रबाट सहयोगको अपेक्षा व्यक्त गरेका थिए। उनीहरूले भौतिक पूर्वाधारको अभाव, सेवा प्रवाहमा देखिएको कठिनाइ, तथा बजेटको सीमितताजस्ता विषयहरूमा ध्यानाकर्षण गराएका थिए।

अध्यक्ष प्रचण्डले उठाइएका समस्याहरूलाई सम्बोधन गर्न पार्टी र नेतृत्वको तर्फबाट आवश्यक पहल गरिने विश्वास दिलाए।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ९ : ५७ बजे

बुटवलमा वैशाख ५ मा रैथाने सीप-कला प्रदर्शनी हुने

बुटवल । पुराना सीप कलाको संरक्षण र जर्गेना गर्न बुटवलमा

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४

कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले