५ पुस २०८२, शनिबार | December 20, 2025

अध्यक्ष प्रचण्डद्वारा गोरखामा स्थानीय जनप्रतिनिधिहरूसँग समुहिक छलफल



गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज गोरखा जिल्लाको बारपाकमा माओवादी केन्द्रबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उप–प्रमुखहरूसँग समुहिक छलफल गरेका छन् ।

उनले जनप्रतिनिधिहरूसँगको संवादमा माओवादी नेतृत्वमा रहेका पालिकाहरूले जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने खालका परिवर्तन ल्याउनु पर्नेमा जोड दिए । साथै, उनले जनप्रतिनिधिहरू उत्तरदायी र जनउत्तरदायी सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए ।

छलफलमा सहभागी जनप्रतिनिधिहरूले आफ्नो पालिकाका अनुभव, समस्या र चुनौतीहरूबारे धारणा राख्दै पार्टी केन्द्रबाट सहयोगको अपेक्षा व्यक्त गरेका थिए। उनीहरूले भौतिक पूर्वाधारको अभाव, सेवा प्रवाहमा देखिएको कठिनाइ, तथा बजेटको सीमितताजस्ता विषयहरूमा ध्यानाकर्षण गराएका थिए।

अध्यक्ष प्रचण्डले उठाइएका समस्याहरूलाई सम्बोधन गर्न पार्टी र नेतृत्वको तर्फबाट आवश्यक पहल गरिने विश्वास दिलाए।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ९ : ५७ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता