१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

गोरखा पुगेर प्रचण्डले भने – ‘चुनावमा गरेको वाचा बिर्सिएको छैन’



गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुले चुनावमा गरेको वाचा नबिर्सेको बताएका छन् ।

आज गोरखा–बारपाक सुलिकोट गाउँपालिकाको कार्यपालिका बैठकलाई सम्बोधन गर्दै प्रचण्डले चुनावमा गरेका वाचा नबिर्सेको बताएका हुन् । कार्यपालिका सदस्य तथा गाउँपालिका अध्यक्ष विष्णु भट्टले बाटो, खानेपानी र अन्य भौतिक पूर्वाधार निर्माणमा बजेट अभावका समस्या उठाउँदै गर्दा अध्यक्ष प्रचण्डले जवाफ दिँदै भने,

“चुनावमा मैले तपाईंहरूसँग गरेका वाचा कहिल्यै भुलेको छैन। सरकारले हुँदा ती वाचा पूरा गर्न इमान्दार प्रयास गरियो। जे सकियो, गर्‍यौंस त्यसको मूल्याङ्कन तपाईंहरूले नै गर्नुहुन्छ। अहिलेसम्म उठाइएका प्रश्नहरू म प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा संसद्मा समेत उठाउँदै आएको छु।”

प्रचण्डले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई क्षेत्रीय भेदभाव नगर्न अनुरोध समेत गरे । उनले भने, “यहाँ केही समयमा गुनासो पनि आउने गरेको छ। तपाईंहरूले उठाएका माग–आवश्यकतालाई विकास कार्यमा प्राथमिकतामा राख्न अपिल गर्दछु।”

मुख्यमन्त्री पाण्डेले अध्यक्ष प्रचण्डसँग सहकार्य गर्दै प्रदेश सरकारका योजनाहरू सबै स्थानीय तहसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

बैठकमा स्थानीय जनप्रतिनिधिहरूले ढुंगा, गिटी र बालुवा निकासी भए पनि त्यसको राजस्व सङ्कलन नहुँदा जनप्रतिष्ठानमा दरार आएको गुनासो पोखे। यसप्रति प्रचण्डले जवाफ दिँदै भने,

“राजस्व सङ्कलन र पारदर्शितालाई सुशासनको आधार मानेर अघि बढ्नुपर्छ। कानुन निर्माण र कार्यान्वयनमा प्रदेश सरकारको सक्रिय सहयोग अनिवार्य छ।”

अध्यक्ष प्रचण्डले अन्त्यमा सुशासन र पारदर्शितालाई विकासको मापदण्ड बनाएर सबै राजनीतिक दल र जनप्रतिनिधि एकजुट भएर अघि बढ्न आह्वान गरे ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ११ : ५९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले