४ बैशाख २०८३, शुक्रबार | April 17, 2026

विधि निर्माणको प्रक्रियामा ढिलाइले समस्याको चाङ बढ्दै गयो : कांग्रेस



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विधि निर्माण प्रक्रियामा ढिलाइले समस्याका चाङ बढ्दै गएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा दलीय आधारमा सम्बोधन गर्दै उनले देशमा देखिएका धेरै समस्या विधि निर्माणको प्रक्रियामा ढिलाइका कारण उत्पन्न भएको बताए । प्रमुख सचेतक घिमिरेले भने, “विधि निर्माण प्रक्रियालाई निश्चित समय सीमाभित्र ढालेनौँ भने समस्याको चाङ बढ्दै जान्छ र अप्ठ्यारोमा फस्दै गइन्छ । शिक्षक आन्दोलन, कर्मचारीको चेतावनी, चिकित्सकको आन्दोलन यी सबै विधि निर्माणको प्रक्रियागत ढिलाइका कारण उत्पन्न भएका हुन् । त्यसैले यसमा संवेदनशील हुन जरूरी छ ।”

उनले शान्ति प्रक्रियाको २० वर्षभित्र मुलुकले प्रगति नगरेको भन्न नमिल्ने जिकिर गरे। “कुल गार्हस्थ उत्पादन (जिडिपी)मा फड्को, प्रतिव्यक्ति आय, सरदर आयु, साक्षरता प्रतिशत, बाल तथा मातृ मृत्युदरमा उल्लखेनीय प्रगति भएको छ । बिजुलीको आपूर्ति, इन्टरनेटको पहुँच बढेको छ । खाद्य सुरक्षामा पनि पहिलेभन्दा राम्रो अवस्थामा छौँ”, प्रमुख सचेतक घिमिरेको भनाइ थियो । उनले ठूला परियोजनाका लािग अन्तरराष्ट्रिय लगानी बढाउनुपर्ने आवश्यकता रहेको बताए । उनले भने, “हाम्रा पूर्वाधार सीमित छन् । अन्तरराष्ट्रिय लगानी नबढाइकन समृद्धि हासिल गर्न सक्दैनौँ । मुलुक बनाउन स्रोत व्यवस्थापन गर्नुपर्छ । स्रोत व्यवस्थापनमा लागेको ऋणलाई खर्च नसम्झी लगानी सम्झनुपर्छ । त्यो ऋण प्रतिफलयुक्त परियोजनामा खर्च भयो वा भएन यो महत्वपूर्ण कुरा हो ।”

प्रमुख सचेतक घिमिरेले देशमा लोकतन्त्रको पुनर्बहाली भएपछि जनताको आकाङ्क्षा उच्च हुनु स्वाभाविक भए पनि आर्थिक वृद्धिदर हासिल गर्न नसिकएको बताए। “समस्या नियन्त्रणभित्रै छन् र सबैले लाग्दा यी समस्याको समाधान गर्न सक्छौँ । सामूहिक प्रतिबद्धता आवश्यक छ । आर्थिक विकासका क्षेत्रमा छिमेकी देशबाट फाइदा लिन सकिन्छ । कृषि, जलस्रोत, उद्योगका क्षेत्रमा लाभ लिन सक्छौँ । कृषि र औद्योगिक उत्पादन सहुलियत रुपमा ती देशमा निर्यात गर्न सक्छौँ । पर्यटनका क्षेत्रमा लाभ लिन सक्दछौं”, उनले भने ।

प्रमुख सचेतक घिमिरेले एउटै विधेयकमा वर्षौंसम्म संसद्मा अल्झिराख्ने परम्पराको अन्त्य हुनुपर्ने धारणा राखे। एउटा विधेयक संसद्मा टेबुल भएको कति दिनभित्र पारित भइसक्नुपर्ने हो त्यसको स्पष्टता पनि आवश्यक रहेकामा उनले जोड दिए ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ३ : ०५ बजे

संसदीय दलको नेता चयन गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न पार्टीका

बुटवलमा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षणका लागि उपमहानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता

बुटवल । बुटवल उपमहानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशाला तामनगरबीच ज्येष्ठ

दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहित, आर्थिक क्षेत्र चलायमान हुने विश्वास

पोखरा । सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी

कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग

काठमाडौं । कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका)ले दक्षिण कोरियाबाट फर्किएका

नेपाल-लिथुआनिया सम्बन्ध सुदृढीकरणबारे छलफल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि लिथुआनियाका गैरआवासीय राजदूत