७ जेष्ठ २०८२, बुधबार | May 21, 2025

प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गर्न माओवादीको माग



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्न माग गरेका छन् ।

सरकार गठन भएको दश महिनासम्म पनि सम्पत्ति सार्वजनिक नभएकामा पुनले आपत्ति व्यक्त गरे ।

प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव पुनले वर्तमान सरकारले आम जनताका निराशा र असन्तुष्टि हटाउन नसकेको आरोप लगाए । सरकारले प्रतिपक्षी दलसँग प्रतिशोध साँध्ने काम गरेको उनको भनाइ थियो ।

सांसद पुनले सरकार गठनका क्रममा भनिएको संविधान संशोधनको प्रक्रिया अगाडि बढ्न नसकेको टिप्पणी गरे। उनले नेपाल भूकम्पको उच्च जोखिमका रहेको उल्लेख गर्दै सम्भावित विपत्को पूर्वतयारीमा यथेष्ट ध्यान दिएर काम गर्न सरकारको ध्यानाकर्षण गराए । साथै रुकुपश्चिम, जाजरकोट र बझाङमा गत वर्ष गएको भूकम्पका पीडितलाई राहतको व्यवस्था गर्दै पुनःनिर्माणको कामलाई तीव्रता दिन सरकारसँग आग्रह गरे ।

भारतको जम्मु कस्मिर क्षेत्रमा पर्यटकप्रति लक्षित गरी भएको हिंसात्मक आक्रमणको सांसद पुनले भत्र्सना गरे । उनले सडकमा आन्दोलनरत शिक्षकको माग पूरा गर्ने विधेयक चाँडो संसद्बाट पारित गर्न माग गरे । सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित सङ्घीय प्रहरी विधेयक र निजामती सेवा विधेयकसहित लामो समयदेखि रोकिएका विधेयक पारित गर्नुपर्नेमा सांसद पुनले जोड दिए ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ४ : २३ बजे

कराते खेलाडी शेर्पाले चुमिन सगरमाथाको शिखर

काठमाडौं । बौद्ध डोजोका कराते खेलाडीले सगरमाथा शिखर चुमेकी छिन्

माओवादीको मध्यपहाडी लोकमार्ग अभियान जनयुद्वकालीन सेल्टर रोल्पाको थवाङमा

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का

गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु

गोरखा । गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले प्रकाशित गरेको चालु आर्थिक

ठेकेदारको अराजकता : गौरवको आयोजनाको ७८ मा सकिनुपर्ने सडक ८२ मा पनि सकिएन

पर्वत । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक गौरवको