२ श्रावण २०८३, शनिबार | July 18, 2026

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणा वैशाख १७ गते



काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच यही वैशाख १७ गते पार्टी एकीकरण घोषणा हुने भएको छ ।

जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले पार्टी एकीकरणको मिति तय भएको जानकारी दिए ।

उनका अनुसार पार्टी एकीकरणको विषयमा थप छलफलका लागि पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक यही १६ गते मङ्गलबार बोलाएको छ । बेलुका ६ बजे मध्यबानेश्वरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा आ–आफ्नो नागरिकता र मतदाता परिचय पत्र लिएर उपस्थित हुन जनमतले नेताहरुलाई सूचीत समेत गरेको छ ।

बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने पार्टी एकता घोषणा कार्यक्रममा सबै केन्द्रीय सदस्य, भातृ तथा शुभेच्छुक सङ्गठनका सदस्यहरूसहित उपस्थित हुन जनमतले आमन्त्रण गरेको हो । एकीकरणपछि बन्ने पार्टीको नाम, पार्टीको झण्डा, पार्टीको नेतृत्वमा पनि करिब सहमति बनिसकेको नेताहरुले बताएका छन् । नयाँ पार्टीको नाम नागरिक जनमत पार्टी टुङ्गो लागेको छ ।

एकीकरणपछि बन्ने पार्टीको अध्यक्षमा हालको जनमत पार्टीका अध्यक्ष सिके राउत रहने समझदारी बनेको छ भने नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी नयाँ पार्टीको पनि संरक्षक रहने र सहअध्यक्ष नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ रहनेछन् ।

विस २०७७ मा सिके राउतको नेतृत्वमा जनमत पार्टी र विस २०७८ पुस १९ गते नागरिक उन्मुक्ति पार्टी गठन भएका थिए । हाल संसदमा जनमतका छ र नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन् ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १ : २९ बजे

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठक : २३ जिल्लामा रातिमा सवारी आवागमन रोक लगाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अतिभारी

मुग्लिन-नारायणगढ सडकमा सवारीसाधन संचालनमा रोक

काठमाडौँ । शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जहाँसुकै स्वतः पहुँच पुग्छ भन्नु गलत मानसिकता’

नेपालगन्ज । पत्रकारिताको नाममा भइरहेका केही गैरजिम्मेवार र आचार संहिता

प्रचण्ड र श्रीलंकाको सत्तारुढ जेभीपीका महासचिव सिल्भाबीच भेटवार्ता

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल