५ पुस २०८२, शनिबार | December 20, 2025

औद्योगिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्न जरुरी : अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनुपर्नेमा जोड दिएका छन् ।

विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, उद्योग विभाग, प्रतिलिपि अधिकार राजिष्ट्रारको कार्यालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले बौद्धिक सम्पत्ति (आइपी)बारे पर्याप्त ज्ञानको अभावले पनि यसको संरक्षणमा चुनौती थपिएको धारणा राखे ।

अध्यक्ष ढकालले कतिपय अवस्थामा टे«डमार्ककका विषयमा विवादहरु आउने गरेकाले यसको समाधानमा हुनुपर्नेमा जोड दिए । उनल यस्तै ट्रेडमार्क तथा पेटेन्टका विषयमा पर्ने उजुरी र यसको सुनुवाइको प्रक्रियालाई सरल रहज र छिटो गर्नुपर्ने बताए ।

“नेपालको कानुनले पनि बौद्धिक सम्पत्तिलाई कानुनमा सुरक्षित गरेको छ । जसले पेटेन्ट, प्रतिलिपि अधिकार र ट्रेडमार्कलाई सुरक्षित राख्न सहयोग पुगेको छ, यसप्रकारका कार्यक्रमले बौद्धिक सम्पत्तिका विषयमा जनचेतना अभिवृद्धिमा ठूलो सहयोग पुग्ने विश्वास छ”, उनले भने ।

ढकालले गीतसङ्गीत क्षेत्र मनोरञ्जन उद्योगका रुपमा विकास हुँदै आएको अवस्थामा सर्जकहरुले सिर्जनाको संरक्षण आवश्यक रहेको बताए। विश्व बौद्धिक सम्पदा सङ्गठन (वाइपो)ले पहिलो विश्व आइपी दिवस २००१ मा मनाएको थियो । सङ्गठनले हरेक वर्ष फरक–फरक नारा तय गरी यो दिवस मनाउँदै आइरहेको छ । संङ्गठनले यस वर्ष ‘आइपी एण्ड म्युजिक फिल द बिट अफ आइपी’ नारा तय गरेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ३ : ४८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको