२७ पुस २०८२, आइतबार | January 11, 2026

काठमाडौं महानगरपालिकामा आज शोक बिदा



काठमाडौं। तत्कालीन काठमाण्डौ नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा आज काठमाण्डौ महानगरपालिकाले शोक बिदा दिएको छ ।

महानगरको प्रशासन विभागले सूचना निकालेर आज शोक बिदा दिएको जानकारी दिएको हो । पुर्व स्वास्थ्य राज्य मन्त्री तथा नेपाली कांग्रेसका नेता डंगोलको गत शुक्रवार निधन भएको थियो ।

२००४ साल माघ २९ गते जन्मिएका डंगोल लामो समयदेखि क्यान्सरबाट पीडित थिए । पञ्चायतकालमा २०४३ सालमा भएको चुनावमा उनले प्रजातन्त्रवादीका तर्फबाट उम्मेदवारी दिएर काठमाडौं नगरपालिकाका लागि उपप्रधानपञ्च विजय भएका थिए ।

उपप्रधानपञ्चका रुपमा उनले शहर निर्माण, शहरी व्यवस्थापन र प्रवर्द्धन तथा सामाजिक सेवामार्फत रुपान्तरणमा पुर्‍याएको योगदानको सम्मान गर्दै महानगरपालिकाले शोक बिदा दिएको जनाएको हो ।

जसअनुनसार आज अत्यावश्यक सेवाबाहेक महानगरपालिका र मातहतका कार्यालयहरुमा शोक बिदा रहेको छ । स्वर्गीय डंगोलको हिजो टेकुमा अत्येष्टि भइसकेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ९ : ४८ बजे

प्रधानसेनापतिद्वारा राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण

काठमाडौं । नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यापर्ण

आइतबार सुनको मूल्य २८सय रुपैयाँले महंगियो

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य वृद्धि

विशेष महाधिवेशनका प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया जारी

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको नाम

पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी

सिन्धुपाल्चोक । यहाँको भोटेकोसी गाउँपालिकाको लिस्तिकोटस्थित यार्मासिङ गाउँमा रहेको ऐतिहासिक

थारू समुदायको संस्कृति सङ्कटमा परेकामा चिन्ता

चितवन । राजनीतिक परिवर्तनले संस्कृति विखण्डन हुनेमा विज्ञहरूले चिन्ता व्यक्त