२९ बैशाख २०८३, मंगलबार | May 13, 2026

प्रधानमन्त्रीको रबैया शिक्षा क्षेत्रको समस्या समाधन गर्नुभन्दा समस्या बल्झाउन केन्द्रित : प्रचण्ड



नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्ती नदीको तटबन्ध निर्माणका लागि भारतले दिने भनिएको रकम नदिएको बताएका छन् ।

पार्टीको हुलाकी राजमार्ग अभियान अन्तर्गत बाँकेको राप्ती सोनारीको फत्तेपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै राप्ती नदीमा तटबन्ध निर्माण गर्न भारतले १० अर्व दिने सहमति गरेपनि नदिएको बताएका हुन् ।

उनले सरकारले तटबन्ध निर्माणमा भारतले दिने भनेका रकम उपलब्ध गराउन सरकारले भारतसँग कुरा गर्नु पर्ने बताए । भारतले रकम नदिए सरकारले नै लगानी गरेर भएपनि राप्ती सोनारीका जनताको जिउधन जोगाउन तटबन्ध निर्माण गर्नुपर्ने उनले बताए । तटबन्ध निर्माणका लागि ५० करोड आवश्यक रहेको उल्लेख गर्दै आफुले तटबन्ध निर्माणका लागि सदनबाट आवाज उठाउने प्रतिबद्धता ब्यक्त गरे ।

अध्यक्ष प्रचण्डले राप्ती सोनारीको विकास गणतन्त्र स्थापनापछि मात्र सुरु भएको बताए । राप्ती सोनारीको विकास र समृद्धिका लागि आफ्ना पार्टीका नेताहरु महेश्वर गहतराज अथक र कृष्ण केसी नमुना अनवरतरुपमा लागि रहेको भन्दै प्रचण्डले दुबै नेताको प्रशंसा गरे । ‘राप्ती सोनारीको विकासमा दुबै नेताबाट मलाईलाई निरन्तर रिपार्टिङ हुने गरेको छ,’ उनले भने, ‘अथक र नमुनालाई यसै मञ्चबाट बधाई र धन्यवाद भन्न चाहन्छु ।’

उनले आफुले सरकारको नेतृत्व गरेका बेला सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी धेरै काम भएको दाबी गर्दै आयोग गठन भएसँगै जनयुद्धमा सहिद भएका, बेपत्ता परिवारको राहत र परिपुरणका काम सुरु हुने जानकारी दिए ।

अध्यक्ष प्रचण्डले हुृलाकी राजमार्ग अभियानमा १ करोड जनतासँग सम्बाद भएको उल्लेख गर्दै जनताकै शक्ति लिएर माओवादीले भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा फेरि संघर्ष छेड्ने उदघोष गरे । उनले आफुले सरकारको नेतृत्व गर्दा सुरु गरेको भ्रष्टाचार विरुद्ध अभियान छेडेको र सुशासनको सुरुवात गरेको बताए । आफ्नो अभियान देशका दलाल, सामन्त र बिचौलियालाई मन नपरेकै कारण सरकार ढलेको उनले बताए ।

उनले एमाले र कांग्रेससँग पालो गरेर समिकरण गर्दा पार्टीमा बिचलन आएको बताए । उनले कांग्रेस र एमालेसँगको समिकरणले माओवादीलाई पनि कांग्रेस र माओवादीकै रोग सरेको बताउँदै पार्टीबाट समिक्षा गरेर समिकरण छाडेर पुनः आफ्नै वर्गमा फर्केको बताए । कांग्रेस र एमालेसँग समिकरण गर्दा फाइदा उनीहरुले लिएको र घाटा माओवादीलाई भएको भन्ने जनताबाट आलोचना भएपछि माओवादी जनतामा जाँदा अव कसैको बैशाखी नटेकी उभिन सक्ने गरि माओवादी अगाडी बढेको प्रचण्डले बताए । बिगतको उपचुनाव र स्वबियु निर्वाचनमा माओवादी १ नम्बरको पार्टी बनेको दाबी गरे ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले आफु प्रधानमन्त्री भएका बेला शिक्षा बिधेयक सदनमा ल्याएको स्मरण गर्दै बिधेयकको काम अगाडी बढाउन सरकारले पहलकदमी नलिँदा शिक्षकहरुले आन्दोलन गर्नु परेको बताए । उनले प्रधानमन्त्रीको रबैया शिक्षा क्षेत्रको समस्या समाधन गर्नु भन्दा समस्या बल्झाउने तर्फ केन्द्रीत रहेको आरोप लगाए ।

उनले दलाल, सामन्त र बिचौलीयाको पक्षमा रहेका पार्टीबाट देशमा समृद्धि नआउने तर्क गर्दै देशको समृद्धि र सुशासनका लागि ८४ मा माओवादीले जित्नै पर्ने औँल्याए । ‘माओवादीबाट मात्र देशमा समृद्धि र सुशासन कायम हुन सक्छ ।’ उनले भने ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ४ : ११ बजे

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

बुटवलबाट कछुवा सहित एकजना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट जिउँदो कछुवा सहित एक जनालाई

ज्ञानोदय नमुना माबिबाट ८३.९३ प्रतिशत विद्यार्थी ग्रेडेड, झरनाले ल्याइन ४ जिपिए

खजुरा । बाँकेको सामुदायिक विद्यालय मध्यको अब्बल मानिएको खजुराको ज्ञानोदय

दाङमा करेन्ट लागेर बस चालकको मृत्यु

दाङ । करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको

पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला