२ श्रावण २०८३, शनिबार | July 18, 2026

सुशासन कायम गर्न साझा प्रतिबद्धता आवश्यक छ : अध्यक्ष दाहाल



काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नागरिकका समस्या सम्बोधन तथा सुशासन कायम गर्न साझा प्रतिबद्धता आवश्यक भएको बताएका छन् ।

राष्ट्रियसभाको बैठकको प्रारम्भमा दाहालले जनअपेक्षाबमोजिम सेवा प्रवाहलगायत जनसरोकारका विषयमा गम्भीर ढङ्गले विमर्श गरेर निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए ।

“नेपाली जनताको त्याग र बलिदानबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र संविधानकाविरूद्धमा भएका गतिविधिलाई हामीले नजिकबाट नियालिरहेका छौँ । यस सन्दर्भमा सिङ्गो राष्ट्रियसभा नै गम्भीर बन्न आवश्यक ठानेको छु”, अध्यक्ष दाहालले भने, “सडकमा व्यक्त असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न सदनबाट निर्माण गर्नुपर्ने कानुन यथाशीघ्र टुङ्ग्याउन विशेष प्रयास आवश्यक छ ।”

अध्यक्ष दाहालले सङ्घीय निजामती सेवा विधेयक, २०८०, विद्यालय शिक्षा विधेयक, २०८०, नेपाल प्रहरी विधेयक २०८१ लगायत विधेयक राष्ट्रियसभामा दर्ता हुनासाथ प्राथमिकतामा राखेर प्रक्रियामा लगिने जानकारी दिए। उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेटका सिद्धान्त र प्राथमिकताका साथै बजेटमाथि सदस्यले वस्तुनिष्ठ भएर छलफलमा भाग लिने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ४ : १३ बजे

प्रचण्ड र श्रीलंकाको सत्तारुढ जेभीपीका महासचिव सिल्भाबीच भेटवार्ता

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल

भारी वर्षाको पूर्वानुमानपछि काठमाडौं प्रशासनद्वारा ट्राभल अलर्ट जारी

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय बाढीपहिरो, डुवानको

बुटवलको राजमार्ग चौराहामा टिप्परको ठक्करबाट स्कुटी चालकको मृत्यु

बुटवल । बुटवलको राजमार्ग चौराहामा भएको सवारी दुर्घटनामा एक स्कुटी

अक्सफोर्ड माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थी स्वागत तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

बुटवल । बुटवलस्थित अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरूको

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ