१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बुटवल हस्पिटल प्रा.लि. र निवृत राष्ट्र सेवक समाज नेपाल बुटवलका बीच उपचार सम्झौता



बुटवल । बुटवल हस्पिटल प्रा.लि. र नेपाल सरकारबाट अवकास प्राप्त कर्मचारीहरुको संस्था निवृत राष्ट्र सेवक समाज नेपाल बुटवल नगर कार्य समितिका बीचमा उपचार सम्झौता सम्पन्न भएको छ । बुटवल हस्पिटल प्रा. लिले उपचारका लागि निवृत राष्ट्र सेवक समाज मार्फत आउने पुर्व कर्मचारी तथा उनीहरुका परिवारका सदस्यहरुका लागि सहुलियत प्रदान गर्ने भएको हो ।

उपचार सझौतासंगै दुई संस्थाका विचमा सहकार्यको बाटो खोलेको बुटवल हस्पिटल प्रा.लिका उपाध्यक्ष ललित खरेलले बताए । उनले बुटवल हस्पिटल प्रा. लि सबै क्षेत्र वर्ग र समुदायका नागरिकहरुकै संस्था भएकोले यसको संरक्षण र प्रवद्धनमा पनि सबैको सहयोग आवश्यक रहेको बताए । उनले सबै खालको उपचार, उपकरण र दक्ष जनशक्तिको संयोजन रहेकोले निर्धक्क भएर स्वास्थ्य सेवा लिन आग्रह समेत गरे ।

सो अवसरमा बुटवल हस्पिटल प्रा. लिका मेडिकल सुपरिटेण्डेन डा कृष्ण प्रसाद खनालले सरकारबाट पेन्सनका रुपमा सहुलियत पाउने एक हिसाबले जेष्ठ नागरिककै रुपमा रहेका पुर्व कर्मचारीहरुसंग सहकार्य गर्नु पाउनु स्वागत योग्य कुरा रहेको बताए ।

निवृत राष्ट्र सेवक समाज बुटवलका अध्यक्ष भाज बहादुर केसी र सचिव मुकुन्दराज गौतमले बुटवल हस्पिटल यस क्षेत्रमै नमुना अस्पताल भएकोले अबका दिनमा जेष्ठ नागरिकहरुलाई स्वास्थ्य समस्या आउदा बुटवल हस्पिटल प्रा लिलाई नै सम्झने वातावरण बनेको बताए । दुई संस्था विचमा सम्झौता हस्ताक्षर कार्यक्रममा बुटवल हस्पिटल प्रा. लिका जनरल म्यानेजर देवेश कर्ण, प्रशासन प्रमुख बिक्रम खड्का, ईमरजेन्सी तथा अप्रेशन ईन्चार्ज सरोज चौधरी, बजार प्रमुख सुमन तिमिल्सीना लगायतले धारणा राखेका थिए ।

आजभन्दा २५ वर्ष अघि बुटवल हस्पिटल लाईनमा स्थापना भएको बुटवल हस्पिटल प्रा. लि. अहिले १ सय शैया संचालनमा छ । जहां विशेषज्ञ चिकित्सकहरुको निगरानीमा आईसियु, एनआईसियु, एचडियू सहितका उपचार कक्षहरु संचालनमा छन् भने एक पटकमा ४ वटा अप्रेशन गर्न मिल्ने गरि ओटि संरचना छ ।

बुटवल हस्पिटल प्रा. लिमा चिकित्सक नर्स सहित ३ सय कर्मचारीहरु कार्यरत रहेका छन् । यस क्षेत्रका उद्योगी व्यवसायी, चिकित्सकहरु सहितको सहभागितामा लगानीमा रहेको अस्पतालमा अत्याधुनिक उपकरणहरुको व्यवस्थापन गरिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ५ : ५६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा