कञ्चानपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड सहितको अभियान टिमलाई कञ्चनपुर पुनर्वास नगरपालिकामा स्वागत तथा अभिनन्दन गरिएको छ ।
अध्यक्ष प्रचण्डसहितको अभियान टोलीलाई कञ्चनपुरको पुनर्वास नगरपालिकामा विशेष स्वागत तथा अभिनन्दन गरिएको हो । नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नगरप्रमुख तोयाप्रसाद शर्माले अध्यक्ष प्रचण्ड सहित अभियान टिमलाई स्वागत तथा अभिनन्दन गरेका छन् ।
कार्यक्रमका क्रममा मेयर शर्माले पुनर्वास नगरपालिकाको समग्र विकासका लागि आवश्यक विषयहरू समेटिएको एक ज्ञापनपत्र पनि अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गरे । अध्यक्ष प्रचण्डले टेक्निकल इन्स्टिच्युट सञ्चालन गर्न , स्थानीय भन्सार समस्याको समाधान गर्न , खेलकुद तथा रंगशाला निर्माण गर्न सहयोग सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया