१३ बैशाख २०८३, आइतबार | April 26, 2026

रेशम चौधरी रिहा गर्न सर्वोच्चले प्रहरीलाई पठायो नयाँ पत्र, अनधिकृत पत्र लेख्ने कर्मचारी पक्राउ



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरी जेलमा राख्न सर्वोच्च अदालतले पठाएको पहिलो पत्र सच्चाएको छ । यससँगै चौधरी छुट्ने भएका छन् ।

सर्वोच्चको फैसला कार्यान्वयन शाखाका शाखा अधिकृत महिमानसिंह विष्टले आफुखुशी पठाएको पत्रका आधारमा चौधरी पक्राउ परेपछि अदालतभित्रै ववण्डर भएको थियो । त्यसपछि सर्वोच्च प्रशासनको बैठक बसि सो पत्र अनधिकृत रुपमा पठाएको निस्कर्ष निकाल्दै प्रहरीलाई अर्को पत्र पठाएको हो । नयाँ पत्रका आधारमा चौधरी तत्कालै छुट्ने भएका हुन् ।

पहिलो पत्र पठाउने विष्टलाई प्रहरीले हिरासतमा लिएको छ । उनलाई जिल्ला प्रहरी परिसरमा ल्याइएको छ । विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेखेका थिए । सोही आधारमा प्रहरीले चौधरीलाई काठमाडौंको प्रज्ञाभावनबाट पक्राउ गरी डिल्लीबजार कारागार पठाएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ४ : ०५ बजे

दुर्घटनामा एक जनाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित

मुस्ताङको जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु

मुस्ताङ । मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको

शेखर कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक र

राष्ट्रिय फोटो पत्रकारिता दिवस सम्पन्न : अन्तरराष्ट्रिय फोटो सम्मेलन गरिँदै

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह नेपालद्वारा आयोजना गरिएको ९९औँ

साहारा नभएका सुकुमवासीलाई होटलमा अस्थायी बसोबासको व्यवस्था

काठमाडौँ । सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई