२ श्रावण २०८३, शनिबार | July 18, 2026

रेशम चौधरी पक्राउ प्रकरणबारे बोल्यो सर्वोच्च – पत्र अनधिकृत हो, कार्यान्वयन नगर्नु



काठमाडौं । नागरि उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पठाएको पत्र अनधिकृत भएको सर्वोच्च अदालतले स्पष्ट पारेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्चले आफ्नो एक शाखाबाट पठायएको पत्र कार्यान्वयन नगर्न आग्रह गरेको छ । सोही पत्रको आधारमा चौधरीलाई प्रहरीले पक्राउ गरी डिल्ली बजार कारागारलाई बुझाएको थियो । सर्वोच्चले अनधिकृत पत्र लेख्ने कर्मचारीलाई कानून बमोजिा कारवाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यस अदालतको शाखा अधिकृतले च.नं. १९२७७ मिति २०८२।०१।१७ को कारागार कार्यालय डिल्लीबजार काठमाडौंलाई लेखिएको पत्र अनधिकृत रहेकोले उक्त माथि उल्लेखित च.नं. र मितिको अनुरोध पत्र कार्यान्वयन नगर्न अनुरोध गर्दै सम्बन्धित निकायमा पत्राचार गरिसकिएको र अनधिकृत रूपमा सो पत्र लेख्ने अधिकृतलाई कानून बमोजिमको कारबाहीको प्रक्रिया सुरू गरिएको बेहोरा सबैमा जानकारीको लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।

 

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ४ : ४३ बजे

प्रचण्ड र श्रीलंकाको सत्तारुढ जेभीपीका महासचिव सिल्भाबीच भेटवार्ता

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल

भारी वर्षाको पूर्वानुमानपछि काठमाडौं प्रशासनद्वारा ट्राभल अलर्ट जारी

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय बाढीपहिरो, डुवानको

बुटवलको राजमार्ग चौराहामा टिप्परको ठक्करबाट स्कुटी चालकको मृत्यु

बुटवल । बुटवलको राजमार्ग चौराहामा भएको सवारी दुर्घटनामा एक स्कुटी

अक्सफोर्ड माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थी स्वागत तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

बुटवल । बुटवलस्थित अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरूको

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ