५ श्रावण २०८३, मंगलबार | July 22, 2026

भारतको विदेश मन्त्रालयद्वारा नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त



काठमाडौँ । भारतको विदेश मन्त्रालयले भुवनेश्वरस्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

मन्त्रालयले सामाजिक सञ्जालमार्फत उक्त दुःखद घटनाबारे जानकारी प्राप्त भएदेखि ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ । ओडिशा राज्य सरकारले मृतकको परिवारलाई पूर्ण सहयोग प्रदान गर्ने र ओडिशा प्रहरीले हाल यस घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

भारत सरकारले सबै अन्तरराष्ट्रिय विद्यार्थीहरुको सकुशलता, सुरक्षा र हितलाई निकै गम्भीरताका साथ लिएको जनाएको छ । “हामी यस विषयबारे तत्कालै सूचना आदानप्रदान तथा समन्वयलाई सुनिश्चित गर्न नेपाली अधिकारीहरु, ओडिशा राज्य सरकार साथै केआइआइटी व्यवस्थापनसँग निरन्तर सम्पर्कमा छौँ”, विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

गत फागुनमा बुटवलकी छात्रा २० वर्षीया प्रकृति लम्सालको केआइआइटी विश्वविद्यालयमा झुन्डिएको अवस्थामा शव भेटिएको थियो । त्यसबेला विश्वविद्यालयको लापरबाहीले प्रकृतिको मृत्यु भएको भन्दै नेपाली विद्यार्थीले आन्दोलन गरेपछि विश्वविद्यालयका कर्मचारी र सुरक्षागार्डहरुले नेपाली विद्यार्थीहरूलाई कुटपिट गर्दै विश्वविद्यालयबाट निकालेर धपाएका थिए । त्यहाँबाट कुटपिट गरेर धपाइएका ५ सय बढी विद्यार्थीहरू वीरगन्ज नाका हुँदै घर फर्किएका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ९ : ०० बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं