३ पुस २०८२, बिहिबार | December 18, 2025

वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न असफल : शेखर कोइराला



नवलपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वर्तमान सरकार जनताको भावना अनुसार अघि बढ्न नसकेको आरोप लगाएका छन्।

नेपाल प्रेस युनियन नवलपुरले कावासोतीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकार गठनमा कांग्रेसको भूमिका भए पनि वर्तमान सरकार सत्ता जोगाउने मोहमा अल्झिएको दाबी गरे।

“सरकारले जनतालाई सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रभावकारी सेवा प्रवाह दिने वाचा गरेको थियो, तर अहिले ती सबै कुरा बिर्सिएको छ,” कोइरालाले भने।

उनले सरकार भ्रष्टाचार नियन्त्रणमा पूर्ण रूपमा असफल भएको उल्लेख गर्दै नौ महिना बितिसक्दा पनि जनताले परिवर्तनको अनुभूति गर्न नसकेको टिप्पणी गरे। “९ महिना बित्दा पनि सुशासन देखिएन भने कहिले देखिने ?” भन्दै उनले सरकारको आलोचना गरे।

डा। कोइरालाले भ्रष्टाचार गर्नेहरूलाई कारबाही गर्नुको सट्टा संरक्षण गरिएको गम्भीर आरोप लगाए। प्रधानमन्त्री स्वयं भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न असमर्थ देखिएको उल्लेख गर्दै उनले यसलाई गम्भीर चिन्ताको विषय भने।

उनका अनुसार सरकार जनताको मनोबल बढाउनेतर्फ होइन, गुटगत स्वार्थ र शक्ति सन्तुलनको खेलमा व्यस्त छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचारको प्रसंग उठाउँदै उनले सबैखाले भ्रष्टाचारको छानबिनमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा उनले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा नै हुनुपर्ने धारणा राखे। महाधिवेशन सार्ने षड्यन्त्र भइरहेको भन्दै उनले कार्यकर्तालाई सचेत रहन र समयमै महाधिवेशनका लागि दबाब दिन आग्रह गरे।

सरकारले हालै प्रस्तुत गरेको नीति तथा कार्यक्रम दोहोरिएकोजस्तो देखिएको भन्दै उनले कार्यान्वयन पक्ष कमजोर हुने चिन्ता व्यक्त गरे। उनले बजेट सुनिश्चित गर्दै कार्यान्वयनमा गम्भीर हुन सरकारलाई सुझाव दिए।

डा कोइरालाले वर्तमान अवस्थाबाट देशलाई बाहिर निकाल्न गम्भीर आत्ममूल्यांकन र सुधार आवश्यक रहेको भन्दै सरकारलाई जनताको मुद्दा र मागप्रति गम्भीर बन्न आग्रह गरे।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  १ : ०८ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका