२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

विद्यार्थीबाट भर्नाको रकम असुली गरेर भर्ना नगरिदिने एमाले अखिलका नेतालाई बुटवल क्याम्पस प्रवेश निषेध



बुटवल । एमाले निकट अनेरास्वियुका एक नेताले विद्यार्थीको परीक्षा फारमको रकम हिनामिना गरेको भन्दै बुटवल बहुमुखी क्याम्पसले ती विद्यार्थी नेतालाई क्याम्पस प्रवेशमा निषेध गरेको छ । बुटवल बहुमुखी क्याम्पस बीए चौथो वर्षमा अध्ययनरत विवेक कुँवरले १२ जनाभन्दा धेरै विद्यार्थीसँग रकम लिएर पनि परीक्षा फारम नभरिदिएको भन्दै क्याम्पस प्रशासनले कुँवरलाई क्याम्पस प्रवेश निषेध गरेको हो ।

बुटवल बहुमुखी क्याम्पसका निर्वतमान स्ववीयु सदस्य समेत रहेका कुँवरविरुद्ध इलाका प्रहरी कार्यालयमा ठाडो उजुरी परेसँगै उनलाई क्याम्पस प्रशासनले कारवाही गरेको हो । उनी नेकपा एमाले निकट अनेरास्ववियुबाट स्ववीयु सदस्यमा निर्वाचित भएका थिए ।

क्याम्पसले वैशाख १९ गते निकालेको एक सूचनामा विभिन्न विद्यार्थीहरूसँग कुँवरले कागजपत्र तथा रकम लिएका तर फारम नभरिदिएको उल्लेख छ । कुँवरले विद्यार्थीहरूको प्रथम वर्षमा भर्नाका लागि पैसा अन्य कागजपत्र लगेको तर भर्ना पनि नगरेको तथा पैसा फिर्ता पनि नगरेको पाइएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी इन्द्र बहादुर रानाले बताए ।

बुटवल बहुमुखी क्याम्पस प्रमुख डा। अरुण कुमार क्षेत्रीले बीए चौथो वर्षमा अध्ययनरत ९–१० जना विद्यार्थीबाट घटनाको पुष्टी भएपछि कुँवरलाई निलम्बन गरिएको बताए ।

क्याम्पस प्रमुख डा. अरुण कुमार क्षत्रीले बैशाख १९ गते जारी गरेको सूचनामा भनिएको छ, “उजुरी प्रमाणित भएकाले निज विद्यार्थीलाई क्याम्पसबाट निलम्बन गरी क्याम्पस प्रवेशमा समेत रोक लगाइएको छ ।” साथै सूचनामा क्याम्पसका सबै विद्यार्थीलाई भर्ना तथा परीक्षा फारमसम्बन्धी काम आफूले नै बैंक तथा लेखा शाखाबाट गराउन पनि आग्रह गरिएको छ । अन्य व्यक्तिमार्फत कार्य गराएमा त्यसको जिम्मेवारी क्याम्पस प्रशासनले नलिने समेत उनले स्पष्ट पारेका छन् ।

उनी आबद्ध विद्यार्थी संगठन अनेरास्ववियु रुपन्देही जिल्ला कमिटीले उनलाई निलम्बन गरेको जनाएको छ । संगठनका विरोधी गतिविधिमा संलग्न भएको आरोपसहित कुँवरलाई साधारण सदस्यबाट समेत निलम्बन गरिएको अनेरास्ववियुका जिल्ला अध्यक्ष भरत अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ५ : ३५ बजे

धनुषा-१ को परिणाम घोषणा ढिलाइप्रति नेकपाको असन्तुष्टि, विजयी उम्मेदवारलाई प्रमाणपत्र दिन माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगले धनुषा निर्वाचन

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको

‘नयाँ सरकारले निराशालाई आशामा बदल्नु पर्छ ’

चितवन । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतपरिणाम अन्तिम चरणमा पुग्दै

सर्लाहीमा पूर्व मन्त्रीसहित १२४ जनाको जमानत जफत

सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीको चार वटै निर्वाचन क्षेत्रबाट

लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये २१ स्थानमा रास्वपाका उम्मेदवार विजयी

भैरहवा । लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका प्रतिनिधिसभाका २६ निर्वाचन