४ पुस २०८२, शुक्रबार | December 20, 2025

६ प्रदेशसहित सीआईबीमा फेरिए डीआईजी



काठमाडौं । बढुवा र अनिवार्य अवकासका कारण खाली भएका ६ वटा प्रदेश प्रहरी कार्यालयसहित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको सरुवा गरिएको छ । नेपाल प्रहरीका ६ प्रदेशका प्रहरी प्रमुख र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा डिआईजीहरुको सरुवा गरिएको हो । गृह मन्त्रालयमा आइतबार बसेको गृहमन्त्रीस्तरीय बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको सरूवा गरेको हो ।

प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले जारी गरेको सूचना अनुसार, कोशी प्रदेशमा ईश्वर कार्की, मधेशमा उमा प्रसाद चतुर्वेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेश कुमार आचार्य, लुम्बिनीमा राजेन्द्र प्रसाद भट्ट र सुदूरपश्चिममा डम्बर बहादुर विकलाई सरुवा गरिएको छ ।

त्यस्तै, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा कार्यरत प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियालाई सरुवा गरिएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयबाट डीआईजी भोलाबहादुर रावल र सुदूरपश्चिम प्रहरी कार्यालयबाट डीआईजी गणेश चन्दको अनिवार्य अवकास भएपछि खाली भएको थियो भने बाँके अन्य स्थानका डीआईजीहरुको अतिरिक्त प्रहरी महानिरीक्षक(एआईजी)मा बढुवा भएपछि खाली भएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ९ : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको