४ पुस २०८२, शुक्रबार | December 20, 2025

विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय सल्ल्यानका तत्कालीन निमित्त कार्यालय प्रमुख इञ्जिनियर विनोद पुनसमेतका प्रतिवादीविरुद्ध विशेष अदालतले गरेको फैसलाउपर चित्त नबुझेको जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

स्थानीय शारा नगरपालिका वडा नं १५ स्थित सुन्दरडाँडा थाङ्नेखोला सडक निर्माणमा सम्झौताबमोजिमको काम नभएको जनाउँदै आयोगले इञ्जिनियर पुनविरुद्ध रु सात लाख १४ हजार ४१ बराबरको बिगो दाबी गर्दै दायर गरेको मुद्दामा विशेषले सफाइ दिएकामा त्यसविरुद्ध आयोगले मङ्गलबार पुनरावेदन गरेको हो ।

यसैबीच, आयोगले बाराको फेटा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशङ्करकुमार सिंह नेपाल मिडिया हाउस प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक नवराज निरौलासमेत तीन जना र उक्त हाउसउपर गैरकानुनी लाभ तथा राज्यलाई हानि पुर्याएको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।

फेटा गाउँपालिकाको विद्युत् पोल गाड्ने तथा तार तान्ने कामका निम्ति खरिद प्रक्रियासम्बन्धी बोलपत्र आह्वानको सूचना प्रकाशनमा झुठा विवरण पेश गरी भुक्तानी लिने र दिने दुवैलाई विपक्षी बनाएर मङ्गलबार आरोपपत्र दायर गरिएको हो ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  १० : ०३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको