२४ भदौ २०८३, बुधबार | September 9, 2026

ग्राफिक डिजाइनको ३० दिने कम्प्युटर तालिम सम्पन्न



बुटवल । मुद्रण उद्योग संघ, रुपन्देहीको आयोजनामा सञ्चालित ३० दिने ग्राफिक डिजाइन कम्प्युटर तालिमको एक कार्यक्रमकाबीच शुक्रबार बुटवलमा समापन गरिएको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिमका सहभागीहरुलाई कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख सावित्रादेवी अर्यालले प्रमाणपत्र वितरण गरिन ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि अर्यालले प्रविधिको विकाससंगै आएको परिर्वतन र त्यसले देखाएको बाटोमा हिड्नका लागि प्रविधिको राम्रो ज्ञान जरुरी भएको बताइन । उनले लेटप्रेस र हस्त लिखित डिजाइनलाई कम्प्यूटरले विस्थापित गरेको स्मरण गर्दै नगरलाई प्रविधियुक्त बनाउन सबै क्षेत्रमा प्रविधीको विकास गर्नु पर्ने कुरामा जोड दिइन । उनले नगरको विकास भौतिक र वत्तिको झिलिमिलीले मात्र पुरा हुदैन भन्ने कुरामा आफुहरु प्रष्ट भएको हुदा व्यक्तिको क्षमता विकासमा जोड दिएको धारणा राखिन ।

कार्यक्रममा नेपाल मुद्रण संघका केन्द्रीय सल्लाहकार तथा जिल्लाका संस्थापक अध्यक्ष खेम लुइटेलले प्रेस तथा प्रिंटिङ क्षेत्रमा दक्ष्य जनशक्तिको अभाव खट्की रहेको अवस्थामा यस प्रकारका तालिमले सहयोग प्रदान गरेको बताउदै हातमा सिप भएपछि स्वरोजगार बन्न सकिने धारणा राखे । कार्यक्रममा संघका जिल्ला अध्यक्ष पशुपति पौडेलले मुद्रण क्षेत्रलाई सरकारी पक्षले हेयको दृष्टिले हेरेको गुनासो गर्दै स्थानीय सरकारबाट प्राप्त सहयोगलाई परिणाममुखी बनाउनु प्रतिबद्धता जनाए ।

कार्यक्रम संघका अध्यक्ष पशुपति पौडेललेको अध्यक्षता, सचिव राजु घिमिरेको सञ्चालनमा भएको थियो । कार्यक्रममा प्रशिक्षार्थीका तर्फबाट रमा सुवेदीले अनुभव राखेकी थिइन । आइटी हब, मिलनचोकमा भएको तालिममा रुपन्देही जिल्लामा सञ्चालनमा रहेका प्रिटिङ प्रेसमा कार्यरत ३३ जना डिजाइनरहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ६ : १७ बजे

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा

मोदी खोलामा बजेको खतराको घण्टी !

पोखरा । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको

प्रधानमन्त्री राहत कोषमा रु १२ अर्ब

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

प्रधानमन्त्री शाह तीनवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय