२ श्रावण २०८३, शनिबार | July 18, 2026

यो जेठ १५ होईन कुनैपनि जेठ १५ मा राजावादीहरुका सपना पूरा हुँदैनन् : प्रधानमन्त्री(पूर्णपाठ)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्ववत पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले ल्याएको उचित नीति तथा कार्यक्रम निरन्तरता दिइएको बताएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा नीति तथा कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिदैँ प्रधानमन्त्री ओलीले उचित र राम्रा कार्यक्रम निरन्तरता दिइएको बताएका हुन् ।

‘पुर्ववत सरकारले ल्याएको उचित र राम्रा नीति तथा कार्यक्रमलाई हरेक सरकारले निरन्तरता दिनु पर्छ, दिनेछ र दिइएको छ’ प्रधानमन्त्रीले भने, ‘पुर्वाधार विकासका राम्रा र उचित परियोजना पुनः प्राथमिकीकरण गर्ने काम गरेका छौं ।’

प्रधानमन्त्री ओलीले कुनै पनि जेठ १५ मा प्रतिगामी सपना पुरा नहुने बताए । राजावादीहरूले जेठ १५ गते देखी सुरू गर्न लागेको आन्दोलन प्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले सो आन्दोलनको सपना पुरा नहुने बताए ।

‘ यो जेठ १५ त परै जाओंस, अबको कुनै पनि जेठ १५ भित्र प्रतिगामी सपना ब्युताउँन सकिदैन, अब त्यो सपना छाडेर देश बिकासमा लाग्नुहोस्’ प्रधानमन्त्री ओलीले भने, ‘प्रणाली भित्रै बसेर शान्तिपुर्ण तरिकाले आफना कुरा राख्न पनि म अनुरोध गर्दछु ।’

सरकारको नीति तथा कार्यक्रममाथी सांसदहरूले उठाएका प्रश्नको जवाफ दिदै राजावादीहरूको जेठ १५ गते देखी गर्ने भनिएको प्रदर्शनको औचित्य नभएको पनि उनको तर्क छ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  १ : ४४ बजे

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन भाद्र १ गते

नेपालगन्ज । दलगत प्रतिस्पर्धाको परम्परा रहँदै आएको नेपालगन्ज उद्योग वाणिज्य

सरकारको नियत ठीक छ, जनतालाई मर्का परे निर्णय तुरुन्त सच्याइन्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको

इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

काठमाडौँ । यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय

घट्यो नेपालगन्ज भन्सारको राजश्व सङ्कलन, गत आवको तुलनामा १६ करोड कम राजश्व

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा

उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

काठमाडौं । उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा रु ५८