२८ बैशाख २०८३, सोमबार | May 12, 2026

अदालतले पक्राउ पुर्जी काटेको व्यक्तिलाई प्रधानमन्त्रीले सँगै हिँडाए



बुटवल । अदालतले पक्राउ पुर्जी जारी गरेको फरार ब्यक्तिलाई सँगसँगै हिँडाएर प्रधानमन्त्री केपी ओलीले अदालतलाई चुनौती दिएका छन् । मोरङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीलाई आफुसँगै हिँडाएर प्रधानमन्त्री ओलीले अदालतको पक्राउ पुर्जीलाई चुनौती दिएका हुन् ।

सोमबार लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा फरार भनिएका पन्थी प्रधानमन्त्रीले सँगै लिएर आएर आफुसँगैको लहरमा बसालेका थिए । लुम्बिनी प्रदेश सभा सदस्य रहेका पन्थी कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ (क)बाट निर्वाचित साँसद हुन् ।

२०८१ असार १२ मा उनलाई पक्राउ गरेर दाखिला गर्न मोरङ जिल्ला अदालतले प्रहरीलाई पत्राचार गरेको भएपनि प्रहरीले फरार भन्दै पक्राउ गरेको थिएन । गौतमबुद्ध हाइड्रोपावर प्रालिका सञ्चालक समेत रहेका पन्थीको कम्पनीले पल्लवी इलेक्ट्रा प्रालिसँग सामान किनेको बिलको रकम नतिरेको आरोप छ ।

गौतमबुद्ध हाइड्रोपावरलाई विराटनगरको पल्लवी इलेक्ट्रा प्रा.लिले विद्युतीय सामग्री उधारोमा उपलब्ध गराएको भएपनि उधारो रकम नतिरेपछि मुद्दा परेको हो । कारोबार गर्ने क्रममा २०७३ सालमै गौतमबुद्ध हाइड्रो पावर प्रा.लि.ले १८ लाख ५४ हजार रुपैयाँको सामान लगेकोमा सोमध्ये ५ लाख रुपैयाँ मात्र तिरेर बाँकी उधारो राखेका थिए ।

बाँकी रकम नदिएपछि जिल्ला अदालत मोरङमा पल्लवी कम्पनीले २०७५ चैत ११ गते मुद्दा दर्ता गरेको थियो । २०७७ साल मंसिर २३ गते जिल्ला अदालत मोरङका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले बाँकी रकम १३ लाख ५४ हजार रुपैयाँ भराउने फैसला गरेको थियो ।

फैसला कार्यान्वयन नगरेपछि पल्लवी कम्पनीले अदालतमा पुनः निवेदन दिएको थियो । निवेदनपछि गोरखापत्रमा २०८१ साल वैशाख १२ गते सूचना प्रकाशित गर्न पत्राचार गरेको थियो । जसमा १३ लाख ५४ हजार रुपैयाँ भुक्तानी गर्नका लागि १५ दिनभित्र अदालतमा आफैं आउने सूचना थियो ।

सूचना प्रकाशित भइसकेपछि पनि हाइड्रो कम्पनीका संचालकद्वय खनाल र पन्थी नआएपछि अदालतले जनही ६ महिना कैद गर्न आदेश भएको थियो । २०८१ जेठ ३२ मा अदालतले पन्थी र उनका साझेदार देवराज खनाललाई व्यापारिक लेनदेन मुद्दामा जनही ६ महिना कैदमा राख्ने फैसला गरेको थियो ।

प्रधानमन्त्री ओलीसँगै अतिथि बनेर सहभागी भएका पन्थी विरुद्ध पक्राउ पुर्जी जारी भएको हल्ला फैलिएपछि कार्यक्रम स्थलबाट प्रहरीको आँखा छलेर भाग्न सफल भएका छन् ।

साँसद पन्थीले भने दुई कम्पनीको सामान्य लेनदेनको (ट्रान्सर्फमर सामानको बिल रु १३ लाख) भुक्तानी विवादमा आफ्नो नाम अनावश्यक मुछिएको कुरामा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । सबै घटनाक्रमको जानकारी एकाएक संचार माध्यम बाट थाहा पाउदा आफु छक्क परेको उल्लेख गर्दै यस्को कानुनी रूपमा प्रतिबाद गर्ने जानकारी दिएका छन् । उनले संचार माध्यमहरुलाइ बिषय बस्तु राम्रोसँग बुझेर लेखिदिन आग्रह समेत गरेका छन् ।

प्रहरीले पक्राउ नगरेको चर्चा चलेसँगै प्रतिक्रियाका लागि मोबाइलमा सम्पर्क गर्न खोज्दा रुपज्देही प्रहरी प्रमुख प्रदीप बहादुर क्षेत्री तथा सूचना अधिकारी डीएसपी सुरज कार्की मोबाइल उठेन ।

 

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ५ : ४३ बजे

एसईईको नतिजा : सबैभन्दा उच्च ३.६० देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थी संख्या ४८ हजार बढी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज साँझ अबेर सार्वजनिक गरेको

आयो एसईईको नतिजा, कसरी हेर्ने नतिजा ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को

नीति तथा कार्यक्रमबारे नेताहरूको मिश्रित प्रतिक्रिया

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाको धन्यवाद

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त

आइएमई खल्तीले ल्यायो सुपर वालेट सुविधा

काठमाडौ । आइएमई खल्ती लिमिटेड ९खल्ती० ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका