२८ चैत्र २०८२, शनिबार | April 12, 2026

दक्षिण अस्ट्रेलियाको तटमा २०० भन्दा बढी समुद्री जनावरको मृत्यु, कारण के थियो ?



काठमाडौं । दक्षिण अस्ट्रेलियाको तटमा दुई सयभन्दा बढी विभिन्न समुद्री जनवारहरू मरेका छन् । यसको कारण शैवालको फूल अर्थात् पानीमा शैवालको द्रुत गतिमा बढ्दो संख्यालाई मानिएको छ ।

पानीमा शैवालको संख्या बढ्दै जाँदा यसको रंग परिवर्तन हुने बताइएको छ । मार्चदेखि दक्षिण अस्ट्रेलियाको तटको पानीमा शैवालको संख्या बढ्दै गएको छ । यो लगभग साढे चार हजार वर्ग किलोमिटरसम्म विस्तार भएको छ ।

“यो एउटा दुर्लभ घटना हो किनभने शैवालको फूल निरन्तर बढ्दै जान्छ,” वन्यजन्तु वैज्ञानिक भेनेसा पिरोट्टाले भनिन् । अन्य वैज्ञानिकहरूले शैवालले विष उत्पादन गर्ने र यसले समुद्री जीवनलाई नष्ट गर्ने बताएका छन् ।

मरेका जीवहरूमा सबैभन्दा सानो बच्चा माछादेखि ठूला सेता शार्कहरूसम्म पर्छन् । यद्यपि, शैवाल मानिसका लागि हानिकारक नरहेको तर उच्चस्तरको शैवालको सम्पर्कमा आउनेहरूलाई छालामा जलन र खोकी वा सास फेर्न समस्या हुन सक्ने बीबीसीले जनाएको छ ।

यस्तो अवस्थामा मानिसलाई पानीको रंग परिवर्तन भएको समुद्र तटहरूमा पौडी नखेल्न सल्लाह दिइएको छ । बीबीसी

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ७ : १४ बजे

पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

तेहरान । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा

मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

मोरङको बुढीगंगा गाउँपालिका-3२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख